नौ वटा क्षेत्रको परिणाम आउन बाँकी, तीन जिल्लामा अझै विवाद
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २१:१८:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/chunab_jKVJQd5RQ3.jpg)
११ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्मन्न भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अब देशभरका नौवटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये बिहान पौने १० बजेसम्म १५७ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।
जसमा कांग्रेस ५३ सिटसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको एमालेले ४१ सिट जितेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले १७ सिट जितेको छ । नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात–सात सिट जितेका छन् ।
जनता समाजवादी पार्टीले ६ सिट जितेको छ । लोकतान्त्रिक समाजवादीले चार सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेका छन् । पाँच क्षेत्रमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । बाँकी रहेका ९ क्षेत्रमध्ये नेपाली कांग्रेस तीन क्षेत्रमा अगाडि छ । दुई क्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।
सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडि छन् । उनले २३ हजार ४३९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका जगदिशप्रसाद कुसियैत २३ हजार ३४१ मत पाएका छन् । उदयपुर–१ मा कांग्रेसका नारायण खड्का अगाडि छन् । पछिल्लो विवरणअनुसार खड्काले २७ हजार ४८४ मत पाएका छन् । एमालेकी मञ्जुकुमारी चौधरी २५ हजार ६५९ मतका साथ दोस्रो स्थानमा छिन् ।
धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव २२ हजार ४५७ मतसहित अगाडि छन् । एमालेका रघुवीर महासेले २१ हजार ३७१ मत पाएका छन् । सुनसरी–३ मा एमालेकी भगवती चौधरी २२ हजार ८४२ मतका साथ अग्रस्थानमा छिन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १८ हजार २६७ मतका साथ पछ्याइरहेका छन् ।
इलाम–१ मा एमालेका महेश बस्नेत २० हजार ३८५ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनाल १८ हजार २०५ मत पाएका छन् । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ८५५ मतसहित अगाडि छन् । जनता समाजवादी पार्टी जसपाका अशोक राईले १२ हजार ५०४ मत पाएका छन् ।
दोलखा–१, स्याङ्जा–२ र बाजुरामा अझै मतगणना सुरु भएको छैन । विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार