गोमा र कुन्ती हारेपछि कर्णालीमा महिलाको उपस्थिति शून्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २२:४८:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/goma-gautam1665310576_CO0s12gKq5.jpg)
११ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा प्रदेश र प्रतिनिधिसभामा महिला सहभागिता शून्य भएको छ । प्रत्यक्ष निर्वाचनमा भिडेका दुई महिला उम्मेदवार पराजित भएपछि महिलाको सहभागिता शून्य भएको हो । दैलेख १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी कुन्ती शाही चार हजार ६ सय १२ मत ल्याएर एकीकृत समाजवादीका अमर थापासँग पराजित भएकी छिन् । उनी राप्रपाबाट चुनाव लडेकी थिइन् । थापाले १८ हजार दुई सय ९७ मत ल्याएका थिए ।
यस्तै, माओवादीले जुम्लाबाट प्रतिनिधिसभामा गोमा गौतम (कुँवर) लाई उम्मेदवार बनाएको थियो । तर, गोमा राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीसँग पराजित भइन । शहीले २२ हजार आठ हजार १९ मत ल्याउदा गोमाले ११ हजार नौ सय ५९ मत ल्याकी थिइन ।
दैलेख २ (क) मा नेपाल मजदुर किसान पार्टीले लक्ष्मीकुमार सिंहलाई उठाएको थियो । उनले दुई सय दुई मत मात्रै ल्याइन । सुर्खेत १ (ख) मा नेपाल मजदुर किसान पार्टीले मनकली रामजालीलाई उठाएको थियो । उनले ६३ भोट ल्याएर भारी मतान्तरका साथ पराजित हुनुपर्यो । यस्तै, सुर्खेत २ (क) मा नेपाल मजदुर किसान पार्टीले बिजुकला रानालाई उठाएको थियो । उनले पनि तीन सय ६ मत ल्याएर पराजित भइन ।
कर्णालीमा चुनावमा भाग लिएका साना दलका महिलादेखि ठुला दल माओवादीका महिला उम्मेदवारसम्मले एक सिट पनि प्रत्यक्षतर्फ नजित्दा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । प्रत्यक्षमा टिकट नदिएर समानुपातिकमा मात्र भर पर्नु पर्ने कर्णालीको अवस्था सुधार हुनुपर्ने महिला अधिकारबादीहरु बताउँछन् । हरेक कुरामा पछाडि परेको कर्णालीमा महिला सहभागिता समेत भारि मात्रामा पछि परेको छ ।
प्रतिनिधिसभा निर्वाचन ०७४ मा कर्णालीबाट प्रतिनिधिसभा निर्वाचनको १२ सिटका लागि ८१ उम्मेदवार प्रत्यक्ष निर्वाचनमा उत्रिएका थिए । जसमध्ये तीन जना महिला मात्र प्रत्यक्षतर्फ उम्मेदवार थिए ।
सुर्खेत २ बाट राष्ट्रिय जनमोर्चाले कृष्णकुमारी रावललाई उम्मेदवार बनाएको थियो । सुर्खेत १ बाट विवेकशिल साझा पार्टीले रम्मा आचार्यलाई उम्मेदवार बनाएको थियो । यसै गरी हुम्लाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देवकी शाहीलाई उम्मेदवार बनाएको थियो ।
महिला सहभागिताको विषय कानुनमै उल्लेख छ । यसका साथै समावेशिताको विषय समेत कानुन मै व्यवस्था गरिएको छ । तर, निर्वाचनका समयमा भने राजनैतिक दलहरूले महिला सहभागिता तथा समावेशिताको विषयलाई त्यति चासोका रूपमा राख्दैनन् ।
यसअघिको प्रतिनिधिसभा निर्वाचन ०७४ मा माओवादी र एमालेबीच गठबन्धन भएको थियो । गठबन्धनमा रहेका दललगायतका ठुला दलहरू कसैले पनि प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाएका थिएनन् । यसकारण कर्णाली प्रदेशसभामा सबै महिला समानुपातिकबाट गएका थिए । यस पटक पनि त्यही समानुपातिकको आडमा मात्र महिलाको सहभागिता संसदमा हुने सम्भावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार