हुन्डाई नेपालले गर्यो रोडटु फिफा वर्ल्डकप २०२२ फाइनलका विजेता घोषणा
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २२:५५:६
११ मंसिर, काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.ली. ले आफ्नो ‘रोडटु फिफा वर्ल्डकप २०२२ फाइनल’ का विजेताको घोषणा गरेकोछ। विजेताले कम्पनीको तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन्।
यसैगरी हिजो कम्पनीले हुन्डाई मोटरको “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभएन्डविन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको हाे।
हुन्डाईमोटरको ‘गोल अफदसेन्चुरी’ अन्तर्गत हुन्डाईकोटेस्ट ड्राइभएण्डविन, फुटबलको विश्वव्यापी अपील मार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको थियो। कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङलाइ सेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्टड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए।
यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्टड्राइभएण्डविन’ का भाग्यशाली विजेता चुनिएका छन्। शनिबार नै दुवैजना विजेताहरूआफू लाई मनपर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन्।
त्यसै गरी कम्पनीले आज नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोडटुफिफावर्ल्डकप २०२२ फाइनल’ का विजेता छनोट गरेको छ। अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरूमध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन्। विजेताको रुपमा उनी विश्वकप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन्।
कन्ज्युमरआई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी विजेताको घोषणा गरिन। हुन्डाईका सबै विद्यमान ग्राहकहरूले आफ्नो VIN/VEN नम्बर मार्फत आफूलाई दर्ता गरी ‘रोडटु फिफा वर्ल्डकप २०२२ फाइनल’ मा सहभागी हुनसक्ने प्रावधान रहेको थियो।
हुन्डाई फिफा विश्वकप-२०२२को एक आधिकारिक प्रायोजक हो यसले आफ्ना विद्यमान तथा सम्भावित ग्राहकहरूलाई अवसरहरू प्रदान गरेको छ। हुन्डाई नेपालले विगतमा पनि यस्तै रमाइलो क्याम्पेनहरू ल्याइरहेको छ र भविष्यमा पनि आफ्नो ग्राहकका लागि यस्ता क्याम्पेनहरू जारी राख्ने बताएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार