मतगणना रोकिएका क्षेत्रमा ओली र निर्वाचन आयोगबीच चलखेल सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार १२:१०:११
![](https://nepalbahas.prixacdn.net/media/albums/oli-dinesha_vRUMsCMfp8.jpg)
१२ मंसिर, काठमाडौं । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सामान्य विवादका कारण मतगणना रोकिएका क्षेत्रमा पुनः मतदान गराउने विषयमा निर्वाचन आयोग र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गोप्य छलफल चलेको समाचार छ । अध्यक्ष ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई यी क्षेत्रमा पुनः मतदान गराउन दवाव दिइरहेको आयोग स्रोतको भनाइ छ ।
अध्यक्ष ओलीले आयोगलाई दवाव दिएर स्याङजा क्षेत्र नम्बर २ को विवाद मिलाउन पठाएको टोलीलाई समेत सहमति गराउन नदिएर फिर्ता बोलाउन लगाएका थिए । आयोग स्रोतका अनुसार स्याङजा पुगेको सहसचिव नेतृत्वको टोली काठमाडौं फर्किएर रिपोर्ट बुझाउने र उक्त रिपोर्टका आधारमा आयोगले निर्णय लिने तयारी गरेको छ । ओलीको दवावपछि उक्त टोली आइबार काठमाडौं आइपुगेको स्रोतको भनाइ छ ।
स्याङजा क्षेत्र नम्बर २ को अवस्था बुझेर सबै पक्षलाई सहमतिमा ल्याई मतगणना गराएर फर्किने जिम्मेवारी लिएर उक्त टोली स्याङजा गएको थियो । निर्वाचन आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा गएको टोलीले स्याङजा पुगेर छानविन गरी फर्किएको बताइएको छ । स्याङजा गएका सहसचिव गौतम वर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी तत्कालिन समयमा मन्त्री रहँदा उनका स्वकीय सचिवका रुपमा कार्यरत रहेको बताइन्छ ।
उनको नेतृत्वमा गएको टोलीले सोमबार रिपोर्ट बुझाउँदैछ । उनी एमाले निकट कर्मचारी भएको भन्दै स्याङजा कांग्रेसले उनले बुझाएको प्रतिवेदनलाई आधार मानेर आयोगले निर्णय गर्न नमिल्ने बताएको छ । स्याङजा कांग्रेस जिल्ला कार्यसमितिले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै यथाशीघ्र मतगणना सुरु गर्न माग गरेको छ । उसले स्याङजा क्षेत्र नम्बर २ का विभिन्न बुथहरुमा एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि निर्घात हमला गरेको जनाएको छ ।
जिल्ला कार्यसमितिका कार्यबहाक सभापति केदार काफ्ले हस्ताक्षर गरी निर्वाचन आयोगलाई लेखेको पत्रमा मतदान निष्पक्ष र शान्तिपूर्ण रुपमा भइरहेका बेला एमाले कार्यकर्ताले कांग्रेसका क्षेत्रीय सभापति दीलिपप्रताप खाँण,चापाकोट बुथमा कार्यरत भरत ओस्थी, कालिगण्डकी ६ का अगुवा कार्यकर्ता दलबहादुर सिंजापतिलगायतलाई कुटपिट गरेको जनाएको छ । यसरी एमाले आफैले आतंक सिर्जना गर्ने र कांग्रेसमाथि बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गरिरहनु गलत भएको सो विज्ञप्तिमा उल्लेख छ ।
आयोग स्रोतका अनुसार ओलीको पुनः चुनाव गराउनुपर्ने दवाव आएपछि के गर्ने भन्ने विषयमा पाँच आयुक्तबीचमा नै कुरा मिलेको छैन् । प्रमुख आयुक्तसहित निर्वाचन आयोगभित्र ओलीका पक्षमा बहुमत छ । अध्यक्ष ओलीले दिएको दवावमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले मात्रै फरकमत राखेको स्रोतको भनाइ छ । यता, बारम्बार प्रश्न उठेपछि निर्वाचन आयोगले यही मंसिर ४ मा मतदान सम्पन्न भएका बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निर्णय लिने आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
तीन जिल्लाबाट तीन थरिकै निर्वाचन अधिकृतहरुको राय आएकाले आयोगभित्र पौड्यालको फरक मतले खासै अर्थ नराख्ने स्रोत बताउँछ । स्रोतको भनाइमा फरक यति छ की दोलखाका मुख्य निर्वाचन अधिकृतले पुन मतदान गराउनु पर्ने राय लेखी पठाएका छन् भने स्याङ्जाका मुख्य निर्वाचन अधिकृतले पुन निर्वाचन गराउन आवश्यक नरहेको राय लेखी पठाएका छन् । तर, प्रमुख आयुक्तलाई ओलीको दवाव भने निर्वाचन गराउनुपर्ने मै केन्द्रित रहेको बताइएको छ ।
आयूक्त ईश्वरीप्रसाद पौड्यालले छानविन टोली पठाउनु अघि नै निर्वाचन आयोगको बैठकमा फरकमत राखेपनि आयूक्तहरुको बहुमतको आधारमा टोली स्याङजा पठाइएको हो । निर्वाचन आयोगमा अहिले भएका ५ जना आयूक्त मध्ये उनी मात्रै स्याङजाको विषयमा बोलिरहेको स्रोतको भनाई छ । आयुक्त पौड्याल स्याङ्जा कै भएकाले पनि दवाव छ । उनलाई गोपालमान श्रेष्ठको सिफारिसमा करिब ६ बर्ष अघि आयुक्त बनाइएको थियो ।
सोमबारसम्ममा छानविन टोलीका संयोजक सहसचिव फणिन्द्र गौतमको टोलीले राय दिने र सोमबार साँझसम्ममा स्याङजाका विषयमा निर्णय आउने सम्भावना औल्याइएको छ । सहसचिव गौतम राष्ट्रपति बिद्यादेवी भण्डारीका पूर्वस्वकीय सचिव रहनु र केपी ओलीले प्रमुख निर्वाचन आयूक्तलाई स्याङ्जा, बाजुरा र दोलखाको विवादमा तीनै जिल्लामा पुन मतदान गर्ने निर्णय गर्नु लगाउनुले थप शंका उब्जाएको छ । आयोगले आइतबार नै दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ भित्र पुनः मतदान गर्ने निर्णय गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार