लघुवित्तलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने राष्ट्र बैंकको तयारी
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार १७:१३:९
१२ मंसिर, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने नेपाल राष्ट्र बैंकले तयारी गरेको छ । उनीहरूलाई वाणिज्य बैंकसरह आधार दरअनुसार ब्याजदर निर्धारण गराउन खोजिएको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।
आइतबार प्रकाशित मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले उनीहरूलाई माघदेखि आधार दर सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत लागू गरेको छ । माघदेखि लघुवित्तहरूले आधार दर सार्वजनिक गर्न सकेमा अर्धवार्षिक समीक्षामार्फत बैंकहरूसरह कर्जा निर्धारण गर्न दिने श्रेष्ठले बताए । उनले भने, ‘लघुवित्तहरूलाई अहिले आधार दर सार्वजनिक गर्न भनेका छौं । उनीहरूले यो निकाल्न सके भने अर्धवार्षिक समीक्षामार्फत उनीहरूलाई आधार दर अनुसार कर्जा निर्धारण गर्न दिनेछौं ।’
अहिले राष्ट्र बैंकले लघुवित्तहरूलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सीमा लगाएको छ । वाणिज्य बैंकहरूले पछिल्लो समय धमाधम कर्जाको ब्याजदर बढाउन थालेपछि लघुवित्त बैंकरहरूले आफूहरू मारमा परेको गुनासो गरिरहेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार