ललितपुरमा समानुपातिकतर्फ कांग्रेस तेस्रो, दोस्रोमा स्वतन्त्र पार्टी
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार १८:३४:३१
१२ मंसिर, ललितपुर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ललितपुरमा कांग्रेस तेस्रो पार्टी बनेको छ । पहिलोमा एमाले र दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मत प्राप्त गरेको छ ।
एमालेले समानुपातिकमा ३८ हजार आठ सय ९० मत प्राप्त गरेको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले सार्वजनिक गरेको छ । रास्वपाले ३५ हजार ३ सय ८३ मत प्राप्त गरी ललितपुरमा दोस्रो पार्टी बनेको छ ।
यस्तै, कांग्रेसले ३३ हजार आठ सय ५१ मत प्राप्त गरी तेस्रो बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार सात सय ३१ मत, माओवादी केन्द्रले १४ हजार ८३ मत, हाम्रो नेपाली पार्टीले पाँच हजार सात सय ६१ मत पाएको छ ।
नेपाल मजदुर किसान पार्टीले तीन हजार आठ सय ३२ मत, एकीकृत समाजवादीले तीन हजार एक सय ६० मत पाएको छ । समानुपातिकतर्फ जनता समाजवादी पार्टी, नेपालले आठ सय ८९ मत, राष्ट्रिय जनमोर्चाले चार सय ७६ मत, नेपालका लागि नेपाली पार्टीले चार सय ४६ मत र विवेकशील साझा पार्टीले तीन सय ९५ मत प्राप्त गरेको छ ।
ललितपुरमा समानुपातिकतर्फ ४७ राजनीतिक दलले भाग लिएका थिए । एकल चिन्ह बच्चा काखमा लिएकी आमा चिन्हमा तीन सय १९, जनमत पार्टीलाई तीन सय एक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई दुई सय ८२ मत, एकीकृत शक्ति नेपाललाई दुई सय ७४ मत, मंगोल नेशनल अर्गनाइजेशन पार्टीलाई दुई सय ७२ मत परेको छ ।
यसैगरी, जनजागरण पार्टी नेपाललाई २ सय ५६ मत, नेकपा मार्क्सवादी लेनिनवादीलाई दुई सय ५२ मत, आमूल परिवर्तन मसिहा पार्टी नेपाललाई दुई सय २२ मत, राष्ट्रिय जनमुक्ति पार्टीलाई दुई सय १७ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई एक सय ८९ मत परेको छ । समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टीले एक सय ८७ मत, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले एक सय ८७ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक सय २९ मत, नेश्नलिष्ट पिपुल्स पार्टीले एक सय २२ मत, एकल चिन्ह गितारले एक सय १७ मत, नेपाली जनता दलले ९७ मत, कांग्रेस ९बी।पी।० ले ८० मत प्राप्त गरेको छ ।
समानुपातिकमा ८० भन्दा कम मत ल्याउनेमा जनता प्रगतिशिल पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, मौलिक जरोकिलो पार्टी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल जनता पार्टी, नेपाल समावेशी पार्टी,राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय नागरिक पार्टी, मितेरी पार्टी नेपाल, बहुजन शक्ति पार्टी र बहुजन एकता पार्टी नेपाल रहेका छन् ।
ललितपुर ३ मा समानुपातिकतर्फ ६२ हजार पाँच मत खसेकोमा एक हजार आठ सय ५७ मत बदर तथा ६० हजार एक सय ४८ मत सदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । ललितपुर २ मा ५३ हजार एक सय ७७ मत खसेकोमा एक हजार आठ सय ७१ मत बदर र ५१ हजार तीन सय ६ मत सदर भएको निर्वाचन अधिकृत दीपशीखा मुनाकमीले जानकारी दिइन् । समानुपातिकमा ललितपुर १ मा ५१ हजार एक सय ६ मत खसेकोमा एक हजार पाँच सय ७४ मत बदर र ४९ हजार पाँच सय ३२ मत सदर भएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार