एक करोड खर्चिएर बनेकाे आँपटारीको तौलपुल तीन महिनासम्म बनेन
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार १९:२०:४७
१२ मंसिर, भरतपुर । चितवनमा एक करोड खर्चिएर निर्माण गरिएको तौलपुल बिग्रिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–१ आँपटारीमा निर्माण गरिएको तौलपुल तीन महिनादेखि बिग्रिएको हो ।
तौलपुल निर्माण भएको दुई वर्ष नपुग्दै दुई पटक बिग्रिएको छ । गत भदौ ७ गते चट्याङले तौलपुल बिग्रिएको थियो । बिग्रेको तीन महिना हुँदापनि तौलपुल मर्मत गरिएको छैन ।
छ महिनाअघि तौलपुलमा भार मापन गर्ने क्रममा मालवाहक गाडी अचानक बिग्रिएर पुलमा ठोक्किन पुग्दा तौलपुलको लोड सेल भाँचिएको थियो । मर्मत गरेर केही समय सञ्चालनमा आएको तौलपुल पुनःचट्याङका कारण बिग्रिएको यातायात व्यवस्था विभागका इञ्जिनियर राहुल सङ्गियारले जानकारी दिए। उनले विभागबाट स्थलगत निरीक्षण गरेर क्षतिको विवरण सङ्कलन गरेको भन्दै छिट्टै मर्मत गरिने बताए ।
ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर तौलपुल सञ्चालन गर्दै आएका छन् । तोकिएकोभन्दा बढी भार बोक्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराउँछ । विसं २०७७ माघ १८ गते स्थापना भएको तौलपुलमा नारायणगढ–मुग्लिन सडकखण्ड भएर काठमाडौँ, पोखरा जाने मालवाहक गाडीको तौल मापन गरिदै आएको थियो । विभागले एक करोड २१ लाख ७३ हजार रूपैयाँमा सो पुल बनाएको हो ।
हालसम्म भार मापनका आधारमा बढी भार बोक्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यो पुल बन्द भएपछि ट्राफिक प्रहरीले रात्रिकालीन बसमा दुई चालक भए नभएको जाँच गर्ने गरेको प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताए । बिहान ५ बजेदेखि सवारीसाधन जाँच गर्ने गरिन्छ ।
भार क्षमताभन्दा बढी मालसामान ९ओभरलोड० बोक्ने गाडीका कारण नेपालमा नयाँ कालोपत्र भएका सडकसमेत छिट्टै जीर्ण हुने गरेका छन् । सडक जीर्ण बन्दा दुर्घटनाको दर बढेको छ । यसलाई नै लक्षित गरेर तौलपुल स्थापना गरिएको हो । तौलपुलले ८० टनसम्मको गाडीको भार मापन गर्न सक्छ । सवारीको भार क्षमता नियन्त्रण गर्न सरकारले मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका–२०७४ जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार