एउटै निर्वाचन क्षेत्रमा १३ हजार एक सय मत बदर
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २०:५५:५३
१२ मंसिर, खोटाङ । यहाँ प्रत्यक्ष र समानुपातिकमा गरी १३ हजार १०० मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उप्लब्ध गराएको अन्तिम मत परिणाममा उल्लेख तथ्यांकअनुसार प्रत्यक्षतर्फ पाँच हजार ६३९ मत र समानुपातिकतर्फ सात हजार ४६१ मत बदर भएको पाइएको छ ।
कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६७ हजार ४०८ मत खसेकामा दुई हजार ९८६ मत बदर भएको छ । यस्तै, ७४ हजार ६३९ मतदाता रहेको प्रदेश (क)मा ३३ हजार ९४४ मत खस्दा एक हजार ५५४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभा (ख) मा एक हजार ९९ मत बदर भएको छ । ६८ हजार १५३ मतदाता रहेको देशसभा (ख)मा ३३ हजार ४०९ मत खसेको थियो ।
प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये तीन हजार ६२० मत बदर भएको छ । यस्तै, ६७ हजार ४०७ मत खसेको प्रदेशसभा (दुवै क्षेत्र)मा तीन हजार ८४१ मत बदर भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरे पनि बदरको दर अधिक देखिएको छ । मतदाता शिक्षाअन्तर्गत जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहमा पुगेर नमुना मतदान गरेको थियो । तर अपेक्षा गरेअनुसार मत बदर दर घटेको नदेखिएको तथ्यांकमा उल्लेख छ । विभिन्न दलबीच भएको चुनावी तालमेल तथा मतदाता शिक्षा प्रभावकारी नहुँदाको परिणाम अधिक मत बदर भएको अनुमान गरिएको छ ।
प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई ३१ हजार ३५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत पाएका छन् । प्रदेश (क)मा एमालेका उम्मेदवार पाँचकर्ण राई १३ हजार १५७ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीरबलकाजी राईले ११ हजार ९६५ मत ल्याएका छन् । प्रदेशसभा (ख)मा कांग्रेसका उम्मेदवार भूपेन्द्र राई १६ हजार ४९६ पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार