आज शेयरबजारमा दोहोरो अंकको गिरावट हुँदा ३६ कम्पनीलाई फाइदा
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २१:२३:११
१२ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार ओरालो लागेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ मा पुगेर रोकिएको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको शेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ । १५१ कम्पनीको शेयर ओरालो लागेको र सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । ३७ लाख ६१ हजार २९९ कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। कम्पनीको आज १६ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्टको कारोबार भएको छ। आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको थियो । त्यस दिन दुई अर्बभन्दा बढीका कारोबार भएको थियो।
आजको कारोबारमा खप्तड लघुवित्त ८।८१ प्रतिचशत र गरीमा डेवेन्चरमा ६।११ प्रतिशतले सेयर मूल्य बढेको छ। १३ उपसूचकहरूमध्ये म्युचुल फन्ड र ट्रेडिङ इन्डेक्समा सामान्य वृद्धि भएको र अरु सबै उपसूचक ओरालो लागेको नेप्सेले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण
जेठ ९, २०८१ बुधबार
नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न
जेठ ९, २०८१ बुधबार
गाजामा हवाई आक्रमण : दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु
जेठ ९, २०८१ बुधबार