उदयपुर १ मा मतगणना सुरू गर्न निर्वाचन आयोगको निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २१:५०:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/election-Aayog-1_VNBsytwHk0.jpg)
१२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नं. १ मा स्थगित भएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । सोमबार आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्र लेख्दै यसअघि मतगणनामा भएको सहमति अनुसार मतगणनालाई निरन्तरता दिन निर्देशन दिएका हुन् ।
‘सो सम्बन्धनमा मतगणना पूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’, उप–सचिव भुसाल जारी गरेको निर्देशन पत्रमा भनिएको छ ।
आयोगले दोहोरो मतदान भएकोमा मंसिर ४ गते को आयोगको पत्र बमोजिम मतगणनालाई निरन्तरता दिनसमेत भनेको छ । पराष्ट्रमन्त्री डा. नारायण खडका उम्मेदवार रहेका उक्त क्षेत्रमा प्रतिनिधिसभाको मतगणनाका क्रममा प्रदेशसभाको मतपत्र भेटिएपछि विवाद हुँदा आइतबारबाट गणना रोकिएको छ।
मन्त्री खडकासँग नेकपा (एमाले)की मञ्जुकुमारी चौधरी प्रतिस्पर्धामा छिन् । चौधरी खडकाभन्दा एक हजार ७ सय १३ मतले पछाडि छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार