यो मिश्रित निर्वाचन प्रणाली हो, परिणामले अस्थिरता ल्याउँदैनः नेम्वाङ
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २१:५९:३०
१२ मंसिर, इलाम । नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आमनिर्वाचनको परिणामले राजनीतिक अस्थिरता ननिम्तिने बताएका छन् । एक साताअघि ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एमालेका शीर्षनेता पराजित भएका बेला उपाध्यक्ष नेम्वाङले निर्वाचनको परिणाम जस्तो आएको भए पनि राजनीतिक अस्थिरता आउन दिन नहुने बताएका हुन् ।
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले राजनीतिक अस्थिरता आउन नदिन सबै दल र नेताहरु सचेत रहनुपर्ने बताए । मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको र सोहीअनुसार मिश्रित परिणाम आउनेबारे सबै दल जानकार रहेको भन्दै उनले राजनीतिक अस्थिरता आउन नदिने गरी काम गर्नुपर्ने बताए । एमालेलाई सरकारमा जान आतुर नरहेको भन्दै नेम्वाङले अहिलेका जनादेशअनुसार नै अघि बढ्नुपर्ने बताए ।
लोकतन्त्रमा निषेधको राजनीति गर्न नहुने आफूहरुको विचारलाई जनताले पनि निषेधको राजनीति पराजित भएको भन्दै उनले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न जनादेश आएको बताए । जनादेशअनुसार राजनीतिक दलअघि बढ्नुपर्ने भन्दै उनले संविधान कार्यान्वयनमा र लोकतन्त्रलाई असर नगर्नेगरी जनादेश नआएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार