थापाथली ‘सुकुम्वासी’को प्रतिकारमा घाइते महानगर प्रहरी प्रमुखसहित १९ घाइतेकाे उपचार हुँदै
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २३:२:५५
१२ मंसिर, काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको सुकुम्बासी बसोबास गरिरहेको भनिएको बस्तीका बासिन्दासँग भएको झडपमा महानगर प्रहरीका प्रमुख राजु पाण्डे घाइते भएका छन् ।
बस्ती हटाउन डोजर लिएर जाने क्रममा बस्तीबाट घरेलु हतियार खुकुरी, भाला, हँसिया बोकेर निस्किएका बासिन्दाले प्रतिकार गर्दा प्रमुख पाण्ढेसहित १५ जना घाइते भएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली सोमबार दिउँसो बस्तीमा एक्स्काभेटर लिएर घर टहरा भत्काउन अगाडि बढ्दा हतियारसहित प्रदर्शन गर्दै प्रतिकारमा उत्रिएका थिए ।
बस्ती हटाउन नपाउने भन्दै बस्तीबाट महिला, पुरुष, युवायुवतीहरु सडकमा टायर बालेर प्रतिकार गरेका थिए । उनीहरूले महानगर प्रमुख बालेन शाहविरूद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारको ढुंगा प्रहारबाट पाण्डेको टाउकोमा गम्भीर चोट लागेको छ ।
अन्य घाइतेहरुमा महानगरका प्रहरी रहेका छन् । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले बताए ।नर्भिक अस्पतालका सुरक्षा अधिकृत रामकृष्ण बलामीका अनुसार १९ जना घाइतेलाई अहिले उपचारका लागि ल्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार