नेशनल लाईफ २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २३:२०:५३
१२ मंसिर, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु¥याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप आयोजना गरिएको यी कार्यक्रमहरुमाकम्पनीलेमंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो । कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानियलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।
यसै गरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मा.वि. र बझाङको झोता स्थित भैरव मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो ।
जस अन्तर्गत कम्पनीका मार्केटिङ्ग विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको वारेमा प्रकाश पार्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखीत आधारभुत विषयहरुको वारेमा सहभागिहरुलाई जानकारी गराए ।
साथै उक्त कार्यक्रममा करिब १०० जना शिक्षकहरुको रु.१ लाखको म्यादि जीवन बीमा गरि प्रमुख कार्यकारी अधिकृतज्यूले बीमालेख हस्तान्तरण गरेका थिए । यसै गरी भैरव मा.वि. मा सम्पन्न गरिएको कार्यक्रममा मृगौला पिडित उजाला कुमारी दमाईलाई CRS अन्तर्गत आर्थिक सहयोग स्वरुप रु.२५,००० र पनि प्रदान गरिएको थियो ।
कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले संचालन गरेको दुबै कार्यक्रम प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा दुबै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो भने सहभागि विद्यार्थीहरुलाई कम्पनीको टि-शर्ट पनि वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार