हरिनाशको दग्दीमा मुक्तिनाथ कृषि सहकारी
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २३:३३:०
१२ मंसिर, स्याङ्जा । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं। ६ क्याक्मीमा ‘दग्दी मुक्तिनाथ कृषि सहकारी संस्था’ स्थापना गरिएको छ । स्थानीय कृषकलाई कृषि उत्पादनमा केन्द्रित गर्न सहकारी स्थापना गरिएको हो ।
कृषि पेशामा आबद्ध कृषकको लागतमा कमिल्याई कृषि उत्पादन बढाउनका लागि सहकारीले भूमिका निर्वाह गर्ने छ । लागतमा कमि ल्याई कृषिमा यान्त्रिकीकरण बढाउन सहकारी मार्फत लगानी बृद्धि गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय स्तरमा उत्पादन हुने सुन्तला, गोलभेडा, अदुवा सहितका कृषिजन्य वस्तुको उत्पादनमा लगानी र निकासीको ग्यारेन्टी सहकारीले लिने व्यवस्था गरिएको छ । सहकारी मार्फत गरिने लगानीलाई सुरिक्षत बनाउँदै कृषकको आम्दानीमा बृद्धि गर्नु सहकारीको प्रमुख उद्देश्य रहेको छ ।
लगानीमा मुक्तिनाथ विकास बैंक र यान्त्रिकी करणमा मुक्तिनाथ कृषि कम्पनीले सहजीकरण गर्ने छन् । सहकारी स्थापनाका अवसरमा हरिनाश गाउँपालिका आसपासका उल्लेख्य स्थानीय कृषकको सहभागिता रहेको थियो ।
सहकारी स्थापनाको प्रारम्भिक भेलामा हरिनाश गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले मुक्तिनाथ बैंक र कृषि कम्पनीसँग सहकार्य गरेर कृषकको जीवनस्तर उकास्न सकिने बताए । उनले कृषकको आम्दानी बढाउन र कृषि पेशालाई मर्यादित बनाउन गाउँपालिकाले बैंक र कम्पनीसँग हातेमालो गर्ने बताए ।
त्यस अवसरमा बैंक तथा कृषिकम्पनी काकार्यकारी अध्यक्ष भरतराज ढकालले कृषिमा उत्पादन बढाउन बैंक र कम्पनीले कृषकसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए । उनले कृषकको आम्दानी बृद्धि नहुँदासम्म आर्थिक विकास र कृषिमा यान्त्रिकीरकण नहुँदासम्म उत्पादनमा बृद्धि नहुने बताए । आर्थिक विकास र उत्पादन बढाउन बैंक र कम्पनीसँग सहकार्य गर्न कृषकलाई ढकालले आग्रह गरे ।
सहकारी भेलामा हरिनाश गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष डीलबहादुर राना, वडा नं। ६ का वडाध्यक्ष निर्मल लम्साल, मुक्तिनाथ बैंकका वरिष्ठ अधिकृत तेज गिरी, कृषि कम्पनीका गण्डकी प्रदेश प्रमुख भूमिराज भण्डारी, बैंकका उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुखन विन काफ्ले, अनुगमन अधिकृत बालकृष्ण रेग्मी, मेघराज ढकाल र सन्तोष रोकाहाले बोलेका थिए ।
स्थानीय समाजसेवी खुमबहादुर रानाको अध्यक्षतामा दग्दी मुक्तिनाथ कृषि सहकारी संचालक समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा गोपालसिहं प्रधान, सचिवमा टेकबहादुर सुनारी, सह–सचिवमा सरिता सुबेदी र कोषाध्यक्षमा चित्रमाया थापा रहेका छन् ।
समितिको सदस्य अमृता शाही, बबिताथापा, यामबहादुर थापा, खुममाया मानन्धर, शोभाकान्त लम्साल, शर्मिला वि।क।, अस्मिता सार्की र ज्ञानकुमारी क्षेत्री रहेका छन् ।समितिले संस्था दर्ताको प्रक्रिया पुरा गरेर तत्काल सहकारी संचालनमा ल्याउने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ
जेठ ९, २०८१ बुधबार
नेता हो ! ०८४ मा भोट माग्न आउला: सहकारी पीडित
जेठ ९, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार
भारतीय विमानस्थलमा विमानभित्र बम भएको झुटो हल्ला
जेठ १५, २०८१ मंगलबार