ओलीको सेटिङमा निर्वाचन आयोग, बालकोट पुगेर गोप्य मन्त्रणा लिए प्रमुख आयुक्त थपलियाले
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १२:५५:२
![](https://nepalbahas.prixacdn.net/media/albums/oli-8_tPDh8aglQe.jpg)
१३ मंसिर, काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पदीय मर्यादाको ख्याल नराखी नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर विवादित क्षेत्रमा पुनः मतदान गराउने सहमति गरेका छन् । निर्वाचन आयोग उच्च स्रोतले दिएको जानकारी अनुसार प्रमुख आयुक्त थपलियाले ओलीको निजी निवास बालकोट पुगेर सहमति जनाएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली सोमबार अबेर निर्वाचन आयोग पुगेर मागपत्र थमाएको छ ।
बालकोटमा सहमति भएपछि त्यही अनुसारको पुनः मतदान गर्नुपर्ने मागपत्र बनाई सो पत्र शंकर पोखरेल नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर प्रमुख आयुक्त थपलियालाई नै ओपचारिकता स्वरुप बुझाएको हाे । उक्त मागपत्रमा एमालेले दोलखा, स्याङ्जा २, बाजुरा र उदयपुर १ मा पुनः मतदानको माग गरेको छ । यो पत्र प्रमुख आयुक्त थपलिया बालकोट पुगेर ओलीसँग सहमत भएपछि तयार भएको र औपचारिकता पुरा गर्न आयोगमा आएर फेरी उनैलाई बुझाइएको स्रोतको भनाइ छ ।
संवैधानिक निकायका रुपमा रहेको निर्वाचन आयोग यस्तो अवस्थामा स्वविवेकीय निर्णय गर्नसक्ने अधिकार प्राप्त निकाय हो । यसले आम निर्वाचनका कुनैपनि निर्णय लिन कुनै एक राजनीतिक दलप्रति झुकाव राख्नुपर्ने वा शरण लिनुपर्ने अवस्थाको परिकल्पना गर्दैन् । आयोगबाट हुने निर्णयले समाजिक वा राजनैतिक सद्भावमा असरपार्न सक्ने अवस्था देखिएमा उसले सर्वदलीय र सर्वपक्षीय राय लिनसक्छ । त्यो पनि आवश्यक भएमात्र । नत्र आयोगले निष्पक्ष रुपमा गरेको पुनः मतदान वा मतगणना जुनसुकै निर्णय पनि मान्नुपर्ने हुन्छ । तर, थपलियाले सरासर गुनतिर्ने हिसाबले पदीय मर्यादाको समेत ख्याल नगरी ‘जसोजसो ओली उसोउसो आयोग’ भनेझै गर्न पुगेका छन् ।
प्रमुख आयुक्त थपलियाको यो व्यवहारले अहिलेसम्म निष्पक्ष रहेको निर्वाचन आयोगको साँखसमेत धुमिल भएको छ । उनको यस्तो झुकावले मतगणनाका क्रममा खटाइएका कर्मचारीले एमालेका उम्मेदवारप्रति सद्भाव देखाउँदै मत थपघट गर्ने गरेको भन्ने आरोपलाई पनि पुष्टि गर्न खोजेको छ । पदीय मर्यादा अनुसार पनि संवैधानिक निकायको प्रमुख कुनै अमुक राजनीतिक दलका नेताको घारमा जान मिल्दैन । उनको राजनीतिक झुकाव एमालेप्रति वा अन्य कुनै दलप्रति रहनु स्वभाविक हो । तर, आस्था रहँदैमा सिंगो आयोगमाथि आक्षेप लाग्ने कार्य गर्न उनलाई छुट छैन् ।
स्रोतको भनाइमा एमाले अध्यक्ष ओलीले थपलिायालाई यही बेला चाहिने भएकाले नियुक्ति दिलाएको भन्दै पुनः मतदान नगराए महाअभियोग लगाएर हटाउने धम्की दिएपछि उनी पुन मतदानका लागि सहमत भएका थिए । यदि यो अवस्था आएको भए उनले सार्वजनिक रुपमा कारणबारे जानकारी गराउन सक्थे । गाह्रै भए राजीनामाको पनि बाटो थियो । उनले आचारसंहितादेखि नै उतै झुकाव देखाएको कुरा कसैमा लुकेको थिएन । निर्वाचन निस्पक्ष रुपमा गराएको भनेर सबैले मानेकै थिए । उनले इमान्दारितापूर्वक काम गर्न चाहेका भए राजनीतिक हस्तक्षेपको एउटा पाटो यहीबाट समाप्त हुने थियो ।
थपलिया बालकोटबाट फर्किएपछि सोमबार पार्टी महासचिव शंकर पोखरेलले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ज्ञापनपत्र बुझाउँदै पुनः मतदानको माग गरेका छन् । माथि पनि भनियो कि यो औपचारिकता वा कानूनी बाटो मात्रै पुरा गरिएको हो । सहमति थपलियाले पहिले नै गरिसकेका थिए । औलीकै दवावमा निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन गर्न दिएको आदेशपछि एमालेले थप केन्द्रहरूमा समेत पुनः मतदान गर्न माग गरेको हो ।
एमाले महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको थियो । ‘यस क्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरू कालिन्चोक बेगुम्पा मतदान केन्द्र क र ख शैलुङ्ग गाउँपालिका वडा नं २ भूसाफेदा मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्छ’, एमालेको मागमा भनिएको छ ।
त्यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका वडा ३ दिसिङकोट आधारभूत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मावि दार्सिङ्ग नरसेवा र सोही स्थानको जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभूत विद्यालयका सबै मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले ती स्थानमा पुनः मतदानको माग गरेको छ । यी स्थानमा मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट पनि मतदान गराइएको एमालेको आरोप छ । ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा मतदान सम्पन्न गराउन एमालेले माग गरिएको छ ।
यस्तै, एमालेले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ को त्रिभुवनेश्वरी मावि केन्द्र, सोही पालिकाको वडा नं ३ को मष्टेश्वरी आधारभूत विद्यालय, वडा नं ७ को नाटेश्वरी आधारभूत विद्यालय, वडा नं ८ को नवदुर्गा आधारभूत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा २ को मालिका मावि मतदान केन्द्र, वडा नं ४ को फापरदेवस्थली मावि, बुढीगंगा नगरपालिका वडा ७ शारदा मावि मतदान केन्द्र, थमा मावि मतदान केन्द्र, वडा ८ को गिरिखेल्ने आधारभूत विद्यालय, बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्र, सोही वडाको घटाल आधारभूत विद्यालय, सोही पालिकाका वडा नं ९ को हिमाली आधारभूत विद्यालय, सोही पालिकाको वडा नं ५ को बागेश्वरी आधारभूत विद्यालय र सोही पालिकाको बढीमालिका मावि मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको हो ।
‘बुथ कब्जा गरेको, एमालेका प्रतिनिधि हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्ष तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्छ,’ एमालेले भनेको छ । यस्तै, एमालेले उदयपुर क्षेत्र नं. १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनामा परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेको भन्दै ती स्थानमा पनि पुनः मतदानको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
एमालेको आपत्तिपछि रोकिएको उदयपुरको गणना पुनः सुरु गर्न आयोगले निर्देशन दिएको छ । सो क्षेत्रमा एमाले उम्मेदवार मञ्जु चौधरी कांग्रेसका उम्मेदवार नारायण खड्काभन्दा पछि रहेकी छन् । एमालेले सुनसरी ४ को पनि मतगणना पुनः सुरु गर्ने माग गरेको छ । साथै थोरै मतले पराजित भएको प्रतिनिधिसभाको धनुषा क्षेत्र नं २ र वाग्मती प्रदेशसभाको काभ्रे १ ९२० मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएको भन्दै एमालेले पुनः मतगणना गर्न माग गरेको छ । त्यसैगरी पाँचथरमा वसन्त नेम्वाङ विजयी भएको भन्दै उनलाई तुरुन्त प्रमाणपत्र दिनुपर्ने माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार