उदयपुर १ मा मतगणना विवाद: १०० मतपत्र बदर गरेर पुन: गणना
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १७:२३:२४
१३ मंसिर, काठमाडौं । उदयपुर क्षेत्र नं. १ को स्थगित मतगणना पुन: प्रारम्भ भएको छ । दश वटा मतदान केन्द्रका प्रदेशसभातर्फ १०० मतपत्र बदर गरेर मतगणना सुरु गर्न दलहरुबीच सहमति भएको छ । सहमतिपछि मत गणना पुनः सुचारु भएको छ ।
प्रदेशसभा (ख) तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
मंसिर १० गते मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर (क), जनता मावि, देउरी (क), जनता मावि, देउरी (ख), जनता मावि, देउरी (ग), अम्वेवर मावि, राजावास (क), बालमन्दिर मावि, बोक्से (ख), मावि चिलाउने (ख)समेत गरेर १० वटा मतदान केन्द्रहरुको मतपेटिका खोली मिसाइएका मतपत्रहरु बदर हुने जनाइएको छ ।
कुनै प्रणाली वा सभाको मतपत्र दोहोरो परेमा त्यस्तो मतपत्र बदर गर्ने व्यवस्थाबमोजिम बदर गरिएको जनाइएको छ । मतगणनाको क्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपेटिकामा प्रदेशसभा २ अन्तर्गतका प्रत्यक्षतर्फका १०० वटा मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो ।
यस क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका डा. नारायण खड्का र नेकपा (एमाले)की मञ्जु कुमारी चौधरीबीच प्रतिस्पर्धा चलिरहेको छ । अहिले डा.खडकाले अग्रता लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार