मतगणनाको अन्तिमसम्म धनुषा-४ मा अगाडि रहेका कांग्रेसका उम्मेदवार यादव परिणाम सुनाउँदा १२४ मतले पछाडि
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १७:४४:११
१३ मंसिर, जनकपुरधाम । मंसिर ४मा सम्भन्न प्रदेशर प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नं. ४ मा मतगणना सकिक्दासम्म अगाडी रहेका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव परिणाम सुनाउँदा एक्कासी १२४ मतले पराजित भएका छन् । । उनको विजय जुलुसको तयारी भइरहँदा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएको घोषण भएको थियो ।
नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएको घोषण निर्वाचन आयोगले गरेको हो । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार ११२ मत पाएका छन् । विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री ।
यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । त्यतिबेला पनि महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए ।
मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार महासेठले ३२ हजार २३६ मत ल्याएको र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार महेन्द्र यादवले ३२ हजार ११२ मत पाएको त्यहाँका निर्वाचन अधिकृत सुदीपकुमार दंगालले जानकारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार