सुनसरी–४ मा सीसीटीभी फुटेजमा सहमति, मतगणना सुरु हुँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १८:१८:४३
१३ मंसिर सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु हुने भएको छ । सर्वपक्षीय बैठकले चार दिनयता रोकिएको सुनसरी–४ को मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएपछि मतगणना सुरु हुने भएको हो ।
मतगणना पुनः थाल्न निर्वाचन आयोगले निर्देशन दिएपछि मंगलबार बिहान सर्वपक्षीय बैठक बसेको थियो । बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेर्ने सहमति भएको छ । सहमति आनुसार सबै कुरा सीसीटीभीमा देखिए अनुसार हुने र गर्ने भनिएको छ । गनिएका सबै मतपत्र फुटेजमा देखाइनेछ ।
सहमतिअनुसार अहिले दलका प्रतिनिधि, उमेदवार, मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधिवक्ता, प्रशासन र सुरक्षा प्रमुखले यसअघिको फुटेज हेरेका छन् । त्यसपछि दिउँसो १ बजेदेखि मतगणना पुनः सुरु गर्ने निर्णय गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सत्ता गठबन्धनका साझा उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको भन्दै निवेदन दिएपछि शनिबार अपराह्नदेखि गणना रोकिएको छ । यहाँ कार्की नेकपा (एमाले)का उमेदवार जगदीशप्रसाद कुसियैतसँग झिनो मतान्तरले अगाडि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार