सुदूरपश्चिममा डेंगु संक्रमण घट्दै
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १८:४४:५४
१३ मंसिर, बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म डेंगुले तीनजनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेंगुका कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो । प्रदेशभर एक हजार दुई सय ७२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
कैलालीमा चार सय ३०, कञ्चनपुरमा दुई सय १४, दार्चुलामा तीन सय ३२, डोटीमा ८४, बैतडीमा ७३, डडेल्धुरा र अछाममा ४०÷४०, बझाङमा ३३ र बाजुरामा २७ जनामा सङ्क्रमण देखिएको जोशीले बताए ।
लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण पछिल्लो समय भने घट्दै गएको छ । गर्मी र वर्षातको समयमा संक्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको संख्यामा घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए । उनले भने, “ वर्षातको समयमा दैनिक रुपमा बिरामी देखिने गरेकाले जोखिम निकै बढेको थियो, संक्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था पनि आयो । हाल भने त्यो जोखिम भने घटेको छ ।”
वर्षातमा दैनिक रुपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार