एमाले नेता तथा इस्माकी पुर्वउपाध्यक्ष खत्रीले गाउँपालिकाबाट लिएको दोहोरो सुविधा फिर्ता गरिनन्
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १९:२६:९
![](https://nepalbahas.prixacdn.net/media/albums/bimala_uvrWFqcSED.jpg)
१३ मंसिर, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका पूर्व उपाध्यक्ष बिमला केसीले गाउँपालिकाबाट लिएको दोहोरो सुविधावापतको असुल गर्नुपर्ने रकम अहिलेसम्म पनि फिर्ता नभएको पाइएको छ ।
उपाध्यक्ष केसीलाई गाउँपालिकाले लु १ ब २१५८ नं. को मोटरसाइकल उपलब्ध गराएको थियो तर उनले यातायात सुविधा र सवारीसाधन दुवै लिएको भन्दै श्रावणदेखि चैतसम्मको दोहोरो यातायात सुविधावापतको १ लाख ८ हजार असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा ऐन २०७६ को दफा ४(३) मा पदाधिकारीलाई सवारी साधन उपलब्ध गराएको अवस्थामा यातायात सुविधा नपाउने व्यवस्था छ ।
महालेखा परिक्षणको प्रतिवेदनमा उपाध्यक्ष खत्रीले दोहोरो सुविधा लिए बापत १ लाख ८ हजार रुपैयाँ बेरुजु देखाएको हो । बेरुजु असुल गर्ने बिषयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धनिस्वर पौड्यालसँग कुरा गर्दा उनले पुर्वउपाध्यक्षले लिएको दोहोरो सुविधा फिर्ता गर्नुपर्ने भएपनि अहिलेसम्म फिर्ता नगरेको बताए ।
उपाध्यक्ष गाउँपालिका न्यायिक समिति संयोजक हो जसले कानुन निर्माण गर्ने र कार्यनव्यन गराउने हो तर उपाध्यक्षले नै दोहोरो सुबिधा लिने र महिनौ फिर्ता नगर्नुले ठुला बडाले जे गरेपनि हुने भन्ने प्रस्ट देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल संगठनको जग्गा प्रकरणप्रति चासो देखाउँदै मानवअधिकार आयोगले माग्यो अनुसन्धान फाइल
फागुन २, २०८१ शुक्रबार
उच्च भ्रष्टाचारको सूचीमा नेपाल, १०० मा ३४ अंकसहित १०७ औँ स्थानमा पर्यो
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार