प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचित ८ महिलामध्ये ३ जना नयाँ दलबाट
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १९:५७:१४
१३ मंसिर, काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतयर्m निर्वाचित ८ महिला सांसदमध्ये ३ जना नयाँ दलका छन् ।प्रत्यक्षतर्फका १६५ मध्ये १५९ सिटको अन्तिम मत परिणाम आइसकेको छ ।
सुनसरी क्षेत्र नं. ३ र ४ तथा उदयपुरको क्षेत्र नं. १ मा मत गणना भइरहेको छ । सुनसरी ३ मा एमालेकी भगवती चौधरीले नेपाली कांग्रेसका विजय गच्छदार र उदयपुर १ मा कांग्रेसका नारायण खडकासँग एमालेकै मञ्जुकमारी चौधरी प्रतिस्पर्धा गरिरहेकी छन् ।
दोलखा, बाजुरा र स्याङजाको २ नम्बर क्षेत्रमा मत गणना नै शुरु भएको छैन । स्याङजामा कांग्रेसका धनराज गुरुङसँग एमालेकी पद्मा अर्याल प्रतिस्पर्धामा छिन् । दोलखा र बाजुरामा मुख्य दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट महिला उम्मेदवार छैनन् ।
अन्तिम मतपरिणाम आइसकेका क्षेत्रहरुबाट जम्मा ८ महिला उम्मेदवारले मात्र चुनाव जितेका छन् । दलहरुले उम्मेदवार बनाउँदा बखत नै महिला संख्या न्यून तोकेका थिए । संविधानत ३३ प्रतिशत कोटा महिलालाई छुट्याउनुपर्ने व्यवस्था छ । हालसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ ८ क्षेत्रमा अर्थात ८ जना मात्र महिला उम्मेदवार निर्वाचित भएका छन् ।
पुराना मुख्य दलहरु कांग्रेसले ५३ सिट जित्दा एकै जना तेह्रथुमबाट सीता गुरुङ, माओवादी केन्द्रले १७ जित हासिल गर्दा दाङ २ बाट रेखाकुमारी शर्मा, एमालेले ४३ सिट जित्दा सुनसरी ३ बाट भगवती चौधरी, धनुषा ३ बाट जुलीकुमारी महतो र कास्की २ बाट विद्या भट्टराई विजयी भएका छन् ।
बाँकी विजयी ३ जना दुई वटा नयाँ दलका छन् । यसै वर्ष गठित राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं २ बाट सोबिता गौतम र ललितपुर ३ बाट डा. तोसिमा कार्की रहेका छन् भने कैलाली १ बाट नागरिक उम्मुक्ति पार्टीकी रञ्जिता चौधरी श्रेष्ठ छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार