मेयर बालेन शाहसँग जिज्ञाँसा: शौचालय कता, प्रवेशद्धार उता ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १९:३४:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/balen-_8nUqozSNTn.jpg)
१३ मंसिर, काठमाडौं । तपाईंलाई थाहा होला, राजधानीकै प्रमुख व्यापारिक केन्द्र न्यूरोड गेट प्रवेश गरे लगत्तै यतिबेला मुख्यसडकको दायाँबायाँ रेलीङ जडान कार्य भइरहेको छ । ऐतिहासिक कान्तिपुरी नगरीको छनक प्रदान गर्न जीवित देवी कुमारी र पशुपतिनाथको सांकेतिक दृश्य उक्त रेलिङमा देख्न पाइन्छ । एकातिर पैदलयात्रुको सुरक्षा, अर्कोतिर काठमाडौंको ऐतिहासिक सम्पदाको चिनारी पक्कै पनि स्वागतयोग्य कार्य भन्ने लाग्ला । तर, त्यसो होइन, यसो गर्नुमा पनि लेनदेनको स्वार्थयुक्त चलखेल देखिएको छ ।
न्यूरोड गेटदेखि जुद्द शालिकसम्मको रेलिङ जडानको प्रक्रियालाई मौन स्वीकृति प्रदान गरिरहेका महानगरवासीले तत्पश्चात जुद्द शालिकदेखि आकाश भैरव अर्थात् इन्द्रचोकतर्फको रेलिङ निर्माण कार्यप्रति भने असन्तुष्टि जनाएका छन् । साँघुरो ठाउँमा रेलिङ निर्माण कार्यले पैदलयात्रुलाई असुविधा हुने भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । त्यस स्थानमा रेलिङ निर्माण कार्यले व्यवसायी वा ठेकेदारको मात्र स्वार्थ पूरा गरेजस्तो देखिन्छ । यसै पनि साँघुरो पेटी त्यसमा पनि रेलिङ जडानपछि पैदलयात्रुलाई ओहोरदोहोरमै समस्या । रेलिङ निर्माणको अर्थ जुन-जुन व्यापारीले अर्थलाभ गराउँछ, उसैका अगाडी गेट खोलीदिने कामनपा-२४ कार्यालयका प्रभावशाली व्यक्तिको उत्तम उपाय हो भनेर अड्कल काट्न गाह्रो छैन ।
न्यूरोड क्षेत्रकै प्रमुख व्यापारिक केन्द्र विशालबजारको पश्चिमपट्टीको एकमात्र द्धारको सडकपारी रेलिङले प्रवेश बन्द गरिएको छ । जबकी नगरप्रमुख बालेन शाहले सार्वजनिक शौचालयको व्यवस्थापनमा जोड दिँदै गर्दा न्यूरोड क्षेत्रमा भएको एकमात्र सार्वजनिक शौचालय रहेको विशाल बजारभित्र प्रवेश गर्ने सडकमै तगारो देखिने भएको छ, रेलिङ । अर्थात्, शौचालय प्रवेश गर्न घुमेर आउन जान पर्ने अवस्था सिर्जना गराइएको छ, आर्थिक चलखेलका कारण ।
सार्वजनिक निर्माण कार्य भनेको कोही व्यक्ति विशेषको सुविधा र स्वार्थका लागि नभएर समग्र नगरवासी, त्यहाँ आउने पर्यटकको सुविधाका लागि हो भन्ने वडा नम्बर-२४ का पदाधिकारीले बुझ्नेतर्फ ध्यान नदिएर आफूलाई पनि के-कसो गर्दा लाभ हुन्छ? त्यतातर्फ ध्यान दिएजस्तो लाग्छ । विशालबजारको पश्चिमपट्टी मुख्य ढोकाको सम्मुख हुनु पर्ने रेलिङको प्रवेशद्धार न्यूरोडका केही सुनपसले र टिपटप समोसावालाको प्रलोभनमा परेर वडा कार्यालयले रातारात निर्माणको डिजाइन नै परिवर्तन गरिदिएको जानकारीमा आएको छ ।
प्राप्त जानकारी अनुसार सिल्भर हाउस, चार वटा सुन पसल फोर नाइन बागलुङ, जय मातादी, जय श्रीकृष्ण र पशुपति ज्वेलर्शको आर्थिक प्रभावका कारण प्रवेशद्धारको नक्सा नै परिवर्तन गरिएको छ भने अर्को प्रवेशद्धार टिपटप समोसाले खरिद गरिदिएको जानकारीमा आएको छ । उक्त कार्यको विरोध भएपछि शुक्रबार र शनिबार रेलिङ निर्माण कार्य नै प्रभावित भएको छ ।
यहीबीच, कामनपा-२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीसँग कुरा गर्न उनको मोवाइलमा सम्पर्क गर्दा रेस्पोन्स गरेनन् भने सदस्य रत्नाकर बज्राचार्यले रेलिङ निर्माण कार्य केन्द्रबाटै भएकाले उतै सम्पर्क गर्न आग्रह गरे । त्यस्तै वडासचिव रविन्द्र लाल श्रेष्ठले पनि केन्द्रीयस्तरकै कार्य भएकाले आफूलाई यस बारेमा जानकारी नभएको बताउँदै भने, ‘विशाल बजारकै प्रवेशद्धार अगाडी रेलिङ गेट हुनु पर्ने हो तर कोही कसैको आग्रहमा फेरवदल गर्न खोजिएजस्तो लाग्छ, त्यो हामीलाई पनि मन परेको छैन । हामीले पनि यस्तो गर्न हुन्न भनेरै विरोध जनाएका छौं ।’ उनले यस विषयमा महानगरपालिकाकै निर्माण प्रमुख रामबहादुर थापालाई भेटेरै सुझाव दिन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति
फागुन २, २०८१ शुक्रबार
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
माघ ३०, २०८१ बुधबार
वाग्मती पुलको बिम चर्किएपछि मर्मत थालियो
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार