ग्लोबल आईएमईसहित ६ बैंकमाथि राष्ट्र बैंकले गर्याे कारबाही
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २०:१८:१५
१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत कर्जाको प्रिमियम बढाउने र सनराइज, हिमालयन, मेगा, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाडौं (बीओके) र कृषि विकास बैंकलाई कारबाही गरेको हो ।
बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्थाविपरीत प्रिमियत दर घटबट गरेको पाइएपछि कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुनेलगायत योजना लागू गर्न नपाइने व्यवस्था निर्देशनमा छ ।
तर, बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्थाविपरीत कर्जाको प्रिमियम घटबढ गरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क)बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराइएको हाे ।
यस्तै, सनराइज र मेगा बैंक पनि कारबाहीमा परेकाे छ । सोही निर्देशनको नं. १५ (३) (५) विरुद्ध आधार दर (बेस रेट)भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने सनराइज बैंक र मेगा बैंकलाई सचेत गराइएको छ । कुनैपनि बैंकले आधार दरभन्दा तल कर्जा लगानी गर्न नपाउने व्यवस्था राष्ट्र बैंकको छ । तर सनराइज र मेगा बैंकले बेस रेटभन्दा तल गएर कर्जा लगानी गरेपछि सीईओलाई चेतावनी दिएकाे छ
सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा उपलब्ध गरेकाे पाइएपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ को खण्ड (क) बमोजिम बैंकका सञ्चालक समितिलाई सचेत गराएको छ ।
मेगाले जोखिममा रहेको कर्जाको नोक्सानी व्यवस्था कायम नगरी भुक्तानी अवधि बढाउने मेगा बैंक पनि कारबाहीमा परेकाे छ । मेगाले निरन्तर रूपमा भुक्तानी नभएको कर्जामा पनि कर्जाको विवरण अध्यावधिक नगरी भुक्तानी अवधि बढाएको देखिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, तोकिएको क्षेत्रमा कर्जा वितरण नगर्ने बैंक अफ काठमाडौं (बीओके) पनि कारबाहीमा परेकाे छ । बीओकेलाइ २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा जरिवाना गरिएकाे छ ।
सरकारी स्वामित्वकाे कृषि विकास बैंक पनि कारबाहीमा परेकाे छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार