थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन मिल्दैन: सर्वाेच्च
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २१:१८:३५
१३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाका प्रत्येक विज्ञापनमा ६.६ प्रतिशत आरक्षण छुट्याउन नमिल्ने निर्णय सुनाएकाे छ ।
यसअघि आरक्षण छुट्याउन थारु कल्याणकारिणीसभाका महामन्त्री प्रमिलाप्रसाद चौधरीलगायतले दायर रिटमा सर्वोच्च अदालतले गत कात्तिक २० मा दिएको अन्तरिम आदेशलाई न्यायाधीशद्वय कुमार चुडाल र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले सोमबार खारेज गर्दै यस्तो निर्णय सुनाएको हो ।
संविधानको धारा ४२ को संवैधानिक प्रावधानको व्याख्या हुँदाका बखत मात्र यसअघिका अन्तरिम आदेशलाई निरन्तरता दिन मिल्ने अवस्था रहने ठहरसहित अन्तरिम आदेश खारेज गर्ने निर्णय सुनाएको हो ।
‘‘अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्नसक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट मिति २०७९/७/२०मा जारी भएको अन्तरिम आदेश कायम रहनू वाञ्नीय नहुँदा उक्त मिति २०७९/७/२० को अन्तरिम आदेश रद्द गरिएको छ। कानून बमोजिम गर्नू’ आदेशमा भनिएको छ ।
चौधरीको रिट निवेदनमा दिइएको अन्तरिम आदेश रद्द गरिपाउँ भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव मधुकुमार मरासिनीले रिट निवेदन दायर गरेका थिए । साेही रिटमा मंगलबार यस्ताे आदेश जारी भएकाे हाे ।
थारु कल्याणकारिणी सभा भने थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षणको व्यवस्था मागसहित थप २ वटा मुद्दा दर्ता गर्ने तयारीमा जुटेको बताइएको छ । संविधानले नै आरक्षको प्रत्यभूत गरेको भन्दै सर्वोच्चको पछिल्लो आदेशले थारु समुदायप्रति अन्याय भएको सभाको जिकिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार