स्वस्ति वाचनसहित पार्टी कार्यलयमा ओलीको स्वागत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २१:५०:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb-4_tZCuShklZa.jpg)
१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वस्ति वाचनसहित पार्टी कार्यलयमा भब्य स्वागत गरिएको छ । प्रतिनिधिसभामा पुनःनिर्वाचित भएकोमा एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै ओलीलाई शुभकामना तथा बधाई दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा मंगलबार आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले शान्ति स्वस्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए । कार्यक्रमका ज्योषित पण्डितले १० महाविद्याका परिचय खुलाएका थिए । कार्यक्रममा महासचिव शंकर पोखरेल, कार्यालय सचिव डा. भीष्मराज अधिकारीसहित नेताहरूको उपस्थित थियो ।
मन्त्रोच्चारणपछि पण्डित तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ दोस्रो स्थान र समानुपातिकमा सर्वाधिक मत प्राप्त गरेको छ । कार्यक्रममा अध्यक्ष ओलीले भूगोल र संस्कृति देशको पहिचान भएको भन्दै आफ्नो संस्कृति परित्याग गरेर बेहिचक कुनै संस्कृति अपनाउनु दुखद् भएको बताएका थिए ।
’देशको पहिचान मूलतः भूगोल र जनताले निर्धारण गर्छ । जनता भनेको संस्कृतिले गर्छ । कि संस्कृति कि भूगोल । भूगोल रहेन भने देश नै रहँदैन,’ ओलीले भने ’भूगोलमा आफ्नै संस्कृति छैन र आफ्नो संस्कृतिप्रति गौरव छैन भने सानो प्रलोभन वा कुनै कारण आफ्नो संस्कृति परित्याग गरेर बेहिचक कुनै संस्कृति अपनाइन्छ भने त्यो दुखद् कुरा हो र त्यसले राष्ट्रलाई कमजोर बनाउँछ । देशको पहिचानलाई कमजोर बनाउँछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार