खेलअघि इरानलाई चिढ्याउँदै अमेरिका
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २२:४:५६
१३ मंसिर, काठमाडौं । अमेरिका इरानलाई चिढ्याउन उद्यत रहेको पाइएको छ । आज राति १२ः४५ बजे फिफा विश्वकपको समूह बी मा रहेका अमेरिका र इरानबीच प्रतिस्पर्धा हुँदैछ । खेलअघि इरान र अमेरिकाबीच लामो समयदेखि जारी शीतयुद्धको असर प्रकट भएको छ ।
यस्तो अवस्थामा अमेरिकी फुटबल महासंघले इरानलाई चिढ्याउँदै आफ्नो सामाजिक सन्जालमा गरेको ग्राफिक पोष्टमा इरानको झण्डामा इस्लामिक गणराज्यको प्रतीक चिह्न हटाइदिएको छ । अमेरिका इरानमा भइरहेको विरोधमा प्रदर्शनकारीको साथमा रहेको र मानवअधिकारका लागि लडिरहेका महिलाको समर्थनका लागि सामाजिक सञ्जालमा आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णयसहित यो कदम उठाएको उसको भनाई छ ।
इरान सरकारले आफ्नो राष्ट्रिय झण्डामा भगवानको नाम हटाएको आरोपसहित आक्रोश व्यक्त गरिसकेको छ ।
अमेरिकी पुरुष फुटबल टिमको आधिकारिक ट्वीटर ह्याण्डलमा पोष्ट गरिएको समूह चरणका टिमहरुको ग्राफिक ब्यानरमा समेत इरानको राष्ट्रिय झण्डामा हरियो, सेतो र रातो रंगको प्रयोग गरिएको छ । प्रतिक चिन्ह रहेको ठाउँमा अंग्रेजीमा इरान अक्षर लेखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार