थापाथलीका सुकुम्बासीको पक्षमा उभिए ओली
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २२:२२:१९
१३ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित बागमती किनारामा रहेका सुकुम्बासी हटाउन काठमाडौं महानगरपालिकाले थालेको कदमको विरोध जनाएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले चुनाव जितेर आएकाहरुले थापाथलीका सुकुम्वासीलाई शत्रु सरह व्यवहार गरेको बताए ।
मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामना कार्यक्रममा उनले सुकुम्बासी बस्तीमा डोजर चलाउनु उचित नभएको टिप्पणी गरे । काठमाडौं महानगर पालिकाले अवैध संरचना बनाएर बसिरहेका मानिसहरुलाई हटाउन सरकारले सहयोग नगरेको गुनासो गर्दै आएको छ ।
बस्ती हटाउन ३५ दिने सूचना जारीपछि पनि बस्तीबाट हटन नमानेपछि महानगरले नगरप्रहरीसहितको टोली डोजर लिएर सोमबार बस्तीमा पुग्दा त्यहाँका मानिसहरुले खुकुरी, भाला, लाठी बोकेर प्रतिकार गरेका थिए छ । प्रतिकारबाट महानगर तीन दर्जभन्दा बढी प्रहरी घाइते भएका थिए । बस्ती हटाइ छाड्ने महानगरको भनाइ छ ।
बस्तीमा रहेका बास्तविक सुकुम्वासी पहिचान गरी तिनीहरूलाई अन्यत्र सार्ने याेजनामा रहेकाे महानगरले बताउँदै आइरहेकाे छ ।
महानगर मेयरमा स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट चुनाव जितेका बालेन्द्र साह छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार