यो बेलामा कांग्रेसलाई छोडेर वाम सरकार बनाउन सकिँदैनः नेपाल
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २२:४४:४३
१३ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिमा कांग्रेसलार्इ पाखा लगाएर बाम सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । उनले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको भन्दै सत्ता गठबन्धलेनै आगामी सरकार बनाउने बताए ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफुले बाम सरकारकोे सम्भवाना नदेखिरहेको बताए । उनले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने समेत बताए । ‘गठबन्धन दलहरुसँगको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लानुपर्छ भन्ने हामीले ठानेका छौं,’ नेपालले भने, ‘बाँकी कुरा राजनीतिक घटना क्रमसँगसँगै तय गर्छौं ।’
गठबन्धनको सरकार बन्ने, नबन्ने कुरा पनि सम्पूर्ण चुनावी परिणाम आएपछि प्रष्ट हुने भन्दै नेपालले अहिले केही क्षेत्रमा मतदान नै हुन बाँकी र सबै आइसकेपछि एउटा पिक्चर क्लियर हुने बताए । त्यसपछि सबैले आआफ्नो धारणा बनाउने र आफ्नो धारणा तय गर्ने उनले बताए ।
उनले राष्ट्रिय राजनीति कतै ‘दक्षिणपन्थी दिशातर्फ’ त जाँदै भन्ने बिषयमा पनि बैठकमा आफूहरुले गम्भीर चिन्तन गरेको बताए । ‘राष्ट्रिय राजनीति अब कुन दिशातर्फ अगाडि जान्छ भन्ने सन्दर्भमा हामीले गम्भीर चिन्तन मनन गयौं,’ नेपालले भने, ‘देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सर्तक हुनुपर्ने आवश्यकता महसुस गर्यौं ।’
उनले इलाम, उदयपुर लगायतको चुनाव र मतगणनाबारे समीक्षा गरेको समेत बताए । इलामबाट पराजित भएका सम्मानित नेता झलनाथ खनालले धाँधदली भएर आफूलाई हराइएको दाबी गर्दै आएका छन् । उनले त्यसको कानूनी उपचार खोज्ने समेत चेतावनी दिएका छन् । नेपालले बैठकमा यसबारे पनि छलफल भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार