तरलता अभाव थप बढ्ने उद्योगी व्यवसायीको तर्क, उद्योगलाई कम ब्याजदरमा कर्जा दिइनुपर्ने
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २३:२२:४४
१३ मंसिर, काठमाडौं । उद्योगी व्यवसायीहरुले तरलता अभाव झनै चर्किने दाबी गरेका छन् । पुस मसान्तसम्ममा पुनरकर्जा वापतको करिब ६० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकमा फिर्ता जाने भएकोले तरलता अभाव झनै चर्किने उनीहरुको ठम्याइ छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको मौद्रिक नीतिको समीक्षा गरेपछि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगीहरुले पौष महिनापछि तरलता थप बढ्ने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको मौद्रिक नीतिको समीक्षा गरेपछि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगीहरुले पौष महिनापछि तरलता थप बढ्ने बताएका हुन् ।
कोभिड महामारीको कारण संकटमा परेका उद्योग व्यवसायलाई सहयोग गर्न भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जालाई नै धितो मानेर पुनरकर्जा उपलब्ध गराउँदै आएकाे छ ।
पुनरकर्जा सुविधा वापतको यही करिब ६० अर्ब रुपैयाँ आगामी पुस मसान्तमा राष्ट्र बैंकमा नै जाने भएकोले बजारमा तरलता अभाव अझ बढ्ने ठम्याइ उनीहरुको छ । उनीहरुले पुनरकर्जाको म्याद कम्तिमा एक वर्ष थप गर्न माग गरेका छन् ।
उद्योगीहरुले बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई एक प्रतिशत विन्दुले कम गर्न, सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरी तरलता अभाव हटाउन र वैदेशिक लगानी बढाउन स्वचालित प्रक्रिया कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
उद्योगीले पूँजीगत खर्च हुन नसक्ने पुरानै समस्याका कारण बजारमा तरलता अभाव व्यापक बन्ने तर्क उनीहरूले गरेका छन् । लगानीका स्रोतबाट रकम भित्र्याउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।
महासंघले सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न कार्यविधि बनाइ तत्काल लागू गर्न समेत माग गरे ।
साथै पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्षसम्म स्थगित गर्न माग गरेको छ । चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै उक्त मार्गदर्शन कार्यान्वयनमा ल्याउनु पर्ने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार