‘कालिञ्चोक दर्शन’को आईपीओ खुला

नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार १६:४३:४६

१४ मंसिर, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्काशन आईपीओको निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोडको दुई प्रतिशत अर्थात् रु एक करोड २० लाख मूल्य बराबरको कुल एक लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै जारी पूँजीको १८ प्रतिशत अर्थात् रु १० करोड ८० लाखको १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशतले हुने एक लाख आठ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ ।
निष्काशन गरेको शेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा यही मंसिर २८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस १४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौ सय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मङ्सिर २८ गतेसम्म अधिकतम १० हजार आठ सय कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत शेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ ।
कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन
फागुन ११, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार