गृहनगर इलामबाट हारेर फर्किएका झलनाथलाई राष्ट्रपतिको आस
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार १७:४१:२१
१४ मंसिर काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथापूर्वप्रधानमन्त्री झलनाथ खनाल गृहनगर इलामको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भए । उनको भनाइमा हारको मुख्या कारण थियो, नेपाली कांग्रेसका कार्यकर्ताको द्रब्यमोह । एमालेका उम्मेदवारसँग पैसा खाएर आफुलाई चुनाव हराएको विषयमा खनालले विज्ञप्ती नै जारी गरेर गुनासो पोखे । तर, उनले भने जस्तो वास्तविकता इलाममा थिएन् ।
खनालले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकै उम्मेदवार हराउन जति रोल खेलेका थिए त्यो भन्दा बढी सहयोग यो पटक कांग्रेसबाट पाए । कांग्रेस कार्यकर्ताको भोट ट्रान्सफरका विषयमा खनालले धेरै पटक कुरा निकाले । किनकी उनलाई स्थानीय तहको निर्वाचनमा आफुले कांग्रेसका उम्मेदवार हराउन खेलेको भूमिकाको बदला कांग्रेसले लिन्छ भन्न जानकारी थियो । तर, कांग्रेस कार्यकताहरुले उनको जस्तो अपराध गरेनन् ।
कांग्रेसको मत नपाएको भए खनालले कति भोट ल्याउने थिए भन्ने कुरा स्थानीय निर्वाचनबाटै प्रष्ट भइसकेको विषय हो । गृह जिल्लामै हारेका तर, हारेको भन्न नरुचाउने एकीकृत समाजवादीका सम्मानित नेता खनालको आगामी राजनीतिक यात्राको त्राण भने मरिसकेको छैन् । उनी अझै सत्ता गठबन्धनभित्र कुरामिलाएर राष्ट्रपतिको आसमा बसिरहेका छन् । चुनाव हारे पनि नेपाली कांग्रेस र नेकपा माओवादीले प्रधानमन्त्री र सभामुख मात्रै लिएर राष्ट्रपति आफ्नो दललाई दिनुपर्ने पक्षमा उभिएका छन् ।
यही आसले पनि हुनसक्छ खानाल निर्वाचन अगाडी सत्ता गठबन्धनका विषयमा जति आलोचना गर्थे अहिले त्यो छाडेर पक्षपोषणतिर लागेका छन् । इलाम १ अब उनका लागि राजनीतिको इतिहास भइसकेको छ । उनकै भाषामा अन्तर्घातबाट हराइएकोभन्दा यही अन्तर्घातले नै उनको संसदीय यात्रालाई सदाका लागि पूर्णविराम लगाएको छ । २०४८ सालदेखि पटकपटक जनताले जसरी जिताए उसैगरी ििवदा पनि गरेका छन् ।
खनालले चुनाव हारेपछि कांग्रेसका कार्यकर्ताले द्रव्यमोहमा परेर आफूलाई भोट नहालेको भनेका छन् । उनको क्षेत्रमा खसेको समानुपातिक मत हेर्दा जम्मा ८ हजार छ । कांग्रेसले १६ हजार ४५० मत पाउँदा माओवादीको १ हजार ६४९ मत ल्याएको छ । जोड्दा २६ हजार मत पुग्छ । तर, खनालले जम्मा २३ हजार मत पाएका छन् । १७ हजार भोट खनाललाई गठबन्धबाट गएको छ ।
गठबन्धनको विरोध गर्दागर्दै पनि यति मत उनले पाउनुलाई ठूलै मान्नुपर्छ । अहिले कतैबाट उनलाई राष्ट्रपतिको हावा भर्न थालिएको छ र उनी चम्किन पनि थालेको छन् । अहिले खानाललाई सत्ता गठबन्धनको साझा नीति र कार्यक्रमसहित सरकार आवश्यक हुँदै गएको छ । एकै दलले बहुमत ल्याउन सम्भव नभएकाले संयुक्त सरकारको संस्कृति विकास उनको एजेण्डाभित्र पर्दै गएको छ ।
खनालको भनाइमा ठूलो दल भएकाले नेपाली कांग्रेसलाई प्रधानमन्त्री माग्ने हक छ भने माओवादीलाई सभामुख । लेनदेन गर्दै जाँदा कांग्रेसको साटो माओवादीले प्रधानमन्त्री लिन पनि सक्छ । तर, तेस्रो पार्टी नेकपा एकिकृत भएकाले उसले राष्ट्रपतिमा दावी गर्ने आट गर्नुपर्छ । चुनाव हारेर फर्किए लगत्तै नेता खनालले एक अन्तर्वार्तामा नै आफु राष्ट्रपतिको सक्षम र योग्य उम्मेदवार भएको बताएका छन् ।
खनालले भनेका छन्,‘ अब शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा झलनाथ खनाल राष्ट्रपति नहुने भन्ने कुरा आउँदैन । मेरो व्यक्तिगत दाबीभन्दा पनि मुलुकको आवश्यकता र दलहरुको निर्णय गर्नुपर्ने विपषय हो यो । राष्ट्रपति भनेको मुलुकको अभिभावक, एकताको प्रतीक र संविधानको परिपालक हो । विगतमा हामीले परिपक्वता हासिल गरेको व्यक्तिलाई बनाउन सकेनौं र देश दुर्घटनामा गयो । पार्टीले मूल्यांकन गरेर कुरा अघि सार्यो भने म विचार गर्छु । विगतमा प्रधानमन्त्री राम्ररी चलाएकै हुँ । अब राष्ट्रपति भएँ भने पनि मज्जाले कार्यसम्पादन गर्न सक्छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार