माया खोला हाइड्रोपावरले साधारण शेयरको बिक्री खुला गर्ने
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार १८:४०:४३
१४ मंसिर, काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ ।
त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गर्ने शेयरमध्ये ६० प्रतिशत अर्थात् छ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवसभाको चैनपुर नगरपालिका–८ र ९, धर्मदेवी नपा–३, ४ र ५ तथा मादी नपा–४ र ६ का बासिन्दाका लागि छुट्याइएको छ । त्यस्तै आयोजना अति प्रभावित क्षेत्रबाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता शेयर निष्काशन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।
निष्काशन गरिने शेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
निष्कासन गरिने शेयरमा स्थानीय बासिन्दाले प्राइम कमर्सियल बैंक, नेपाल एससबआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालय तथा कम्पनिको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडबाट शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत शेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बिबिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।
कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
धरहराबाट प्रधानमन्त्रीले सार्वजनिक गरे एनपीएलको ट्रफी (फोटो फिचर)
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार