रविको चुनाव चिह्न घन्टीमा एमाले अध्यक्ष ओलीले देखेको रहस्य ?
![केदार भट्टराई (काका)](
https://nepalbahas.prixacdn.net/media/albums/Kedar_Bhattarai_0uOymgetS5.jpg
)
केदार भट्टराई (काका)
मंसिर १४, २०७९ बुधबार १८:५७:४
![](https://nepalbahas.prixacdn.net/media/albums/rabi-oli_89oG7A5886.jpg)
१४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र उसको चुनाव चिह्नलाई लिएर मंगलबार एक सनसनीपूर्ण टिप्पणी गरे,‘ यो अमेरिकन घण्टीले नेपालमा आएर उत्पात मच्चायो’ । ओलीको भनाइको आसय थियो घण्टी मात्रै नेपाल आएको हो कि अरु पनि केही आएको छ । उनले घुमाउरो भाषामा भनेपनि त्यसको सिधा अर्थ थियो कि विदेशीको इशारामा रवि लामिछनेले नेपालमा राजनीति सुरु गरे ।
स्वस्ति वाचनसहित पार्टी कार्यालयको स्वागत कार्यक्रममा उपस्थित भएका ओलीले रवि लामिछानेको घण्टीमाथि गरेको टिप्पणी अहिले राजनीतिक क्षेत्रमा कलम चलाउनहरुका लागि राम्रै मसला पनि भएको छ । निर्वाचन जितेपछि पहिलोपटक पार्टी कार्यालय पुगेका अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग मिलेको बताए । उनले घण्टी घण्टी मात्रै मिलेको भनेर यसलाई बुझ्दा गलत हुने बताए ।
ओलीले भने,‘लामिछानेले अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न घन्टी जस्ताको तस्तै लिएर कसरी आए । यो त्यसै नेपाल आएको होइन । यो नेपालमा आउनुको कुनै न कुनै कारण छ । विना कारण आएको भए यो घण्टी यति चाँडो हुप्प भएर फुल्ने थिए ।’ अध्यक्ष ओलीको संकेत थियो नेपाल विदेशी शक्ति राष्ट्रहरुले नेपालमा आनावश्यक हस्तक्षेप गर्न खोजिरहेकोप्रति । नेपाली भूमिको प्रयोग गरेर नेपालका छिमेकी मित्रराष्ट्रहरुमाथि निगरानी गर्न उनीहरुले रवि लामिछाने जस्ता पात्रहरुलाई प्रयोग गरिरहेका छन् ।
ओलीको जस्तै भनाइ केही राजनीतिक टिप्पणीकारहरुको पनि छ । उनीहरुले पश्चिमा राष्ट्रहरु कुनै न कुनै रुपमा नेपालमा स्थापित हुन खोजिरहेका थिए । उनीहरुलाई राजनीतक रुपमा प्रवेश गर्दा नेपाल भित्र बसेर नजिकका राष्ट्रहरुका गतिविधि नियाल्न सजिलो हुन्छ । यसका लाागि उनीहरुले यस अगिाडी रबीन्द्र मिश्रलाई प्रयोग गर्न खोजेका थिए । तर, असफल भए । अहिले त्यसैको अर्को रुप हुन रवि लामिछाने । उनी आन्तरिक राजनीतिक कारणबाट नभएर बाह्य कारणबाट राजनीतिमा आएको हुन भन्न भनाइ ति टिप्पणीकारहरुको छ ।
रविले पाँच महिनाको अन्तरमा यति ठूलो राजनीतिक तहल्का मच्चाए । उनको राजनीतिक नेटवर्क अरुले कल्पना गरेको भन्दा फरक ढंगबाट विस्तार भयो । अहिले पनि रविको राजनीतिक यात्रालाई धेरैले संकास्पदनै लिएका छन् । कतिले उनलाई युरोपियन राष्ट्रहरुको गोटी भनेका छन भने कतिपय त्रिस्चियनहरुको अथाह लगानी भनेका छन् । तर, सतहमा रवि लामिछाने एक पार्टीका अध्यक्ष मात्रै हुन् । पार्टी चुनावमा आयो र जित्यो । ठूला दलबाट जनाता वाक्क भइसकेका थिए र विकल्पमा रवि आए भन्नहरुको जमात अहिले सतहमा छ ।
बैकल्पिक धारको राजनीतिका लागि नेपालबाटै पनि प्रयास नभएका होइनन् । दलभित्रै पनि राम्रा र योग्य व्यक्ति नभेटिएका होइनन् । तर, उनीहरु रवि जस्तो सुरुमै सफल भएनन् । ओलीले भने जस्तै रविको पार्टी हुप्प फुलेर आयो । संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी रहेछ, त्यसको चुनाव चिह्न घन्टी छ, दुरुस्त आकारको त्यहीं घन्टी यहाँ पनि लिएर आएका छन् । त्यो घन्टी अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो । केही त होला । त्यतापट्टि पनि धेरै नजाऔँ पछि खोजौला,’ ओलीले भनेका थिए ।
ओलीले सत्ता गठबन्धनले धाँधली गरेर केही ठाउँमा एमालेका उम्मेदवारलाई हराएको पनि बताए । धाँधलीकै कारण केही क्षेत्रको मत परिणाम आउन ढिलाइ भइरहेको ओलीले बताए । सत्ता पक्षले राज्यसत्ताको दुरूपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको ओलीको आरोप छ । सत्ता पक्षले धाँधली गरे पनि जनताले नेपालको लोकप्रिय पार्टीका रूपमा एमालेलाई मत दिएर स्थापित गरेको उनले बताए । सत्ता गठबन्धन र अनेक किसिमका शक्ति लाग्दा पनि एमालेलाई जनताले भने पत्ताएको उनको भनाइ थियो ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार