मेसिन अन्यत्र लैजान रोक लगाएपछि नगरभित्र विकासका धमाधम
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार १९:४८:६
१४ मंसिर, खोटाङ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण व्यवसायीको एक्स्काभेटर र व्यकहो–लोडर अन्यत्र लैजान रोक लगाएपछि नगरभित्र विकासका काम अघि बढेको छ । नगरले विकासका काममा प्रयोग हुने मेसिनलाई बाहिर लैजान रोक लगाएयता अस्पतालचोक–लफ्याङको दुबेछिवा सडक स्तरोन्नतिको काम सुचारु भएको छ ।
निर्माण कम्पनी ढुकुचु–बगाले–बिएण्डटी जेभीले अस्पतालचोक (दिक्तेल-लफ्याङको दुबेछिवा ९३.७ किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर एक्स्काभेटर र व्यकहो–लोडर अन्यत्र लैजान खोज्दा नगरपालिकाले गत २० कात्तिकमा फलामे साङ्लोले बाँधेर नियन्त्रणमा राखेको थियो ।
मेसिन अन्यत्र लैजान नपाएपछि ठेक्का पाएकाे निर्माण व्यवसायीले २६ कात्तिकमा नगरपालिकामा उपस्थित भएर गरेको लिखित कबुलियतनामा अनुसार मंगलबारदेखि सडक स्तरोन्नतिको काम सुचारु गरेको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।
ढुकुचु–बगाले–बिएण्डटी जेभीका प्रतिनिधि मोहन श्रेष्ठ, र कुमार भण्डारीले नगरपालिकामा उपस्थित भएर सडक स्तरोन्नतिको अवरुद्ध काम तत्काल सुचारु गर्ने र बाँकी रहेको समयभित्रै काम सम्पन्न गर्ने लिखित कबुलियतनामा गरेका थिए । तत्कालका लागि सडकको खाल्डाखुल्डी पुर्ने, सम्याउने र ड्रेन कटाएर सवारी साधनलाई सहजरुपमा आवतजावत गर्नमिल्ने बनाउने र निर्वाचन लगत्तै १० मंसिरदेखि निर्माणको काम सुरु गर्ने कबुलियतनामा गरेको निर्माण व्यवसायीले तीन दिन ढिलागरी कामलाई सुचारु गराएको प्रवक्ता घिमिरेले बताए । निर्माण व्यवसायीलाई हालसम्मको सडक स्तरोन्नतको कार्य प्रगती विवरण र मासिक कार्ययोजना पेश गर्दै समयमै काम सम्पन्न गर्ने, काम नगरे कानून बमोजिम कारबाही भोग्नेगरी कबुलितनामा गराइएको नगरपालिकाले जनाएको छ ।
ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेछिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २८ पुस २०७९ सम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन कार्यालय, हर्कपुर, ओखलढुंगासँग २० जेठ २०७८ मा ठेक्का सम्झौता गरेको थियो । तर बाँकी रहेको समयभित्र द्रुततर गतिमा काम गर्दासमेत योजना सम्पन्न गर्न कठिन हुने देखिएको छ । निरन्तर काम गर्दागर्दै प्राविधिक कारणले तोकिएको समय अवधिभित्र काम सम्पन्न हुन नसके दोहोरो समझदारीमा अर्को निर्णय गरिने मेयर तीर्थराज भट्टराईले बताए ।
यस्तै, अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेछिवा–साप्सुखोला ९४ किलोमिटर० सडक खण्ड स्तरोन्नतीको काममा पनि सगरमाथा सजिव आरएन जेभीको ढिलासुस्ती भइरहेको छ । सगरमाथा सजिवले १५ माघ २०७९ सम्ममा सम्पन्न गर्नेगरी २९ चैत २०८७ मा सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । उसले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । सो खण्डको कामको प्रगती पनि सन्तोषजनक नदेखिएको मेयर भट्टराईले बताए ।
अस्पतालचोक–लफ्याङको दुबेछिवा र दुबेछिवा–साप्सुखोला सडक स्तरोन्नतिको काम सम्पन्न नहुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाका नागरिकलाई दुःखसास्ती भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार