सभामुखमा कांग्रेस र माओवादीको टक्कर, उपराष्ट्रपति मधेशतिर
केदार भट्टराई (काका)
मंसिर १४, २०७९ बुधबार २०:९:१८
१४ मंसिर, काठमाडौं । निर्वाचनको परिणाम आउनेक्रम जारीरहेकै अवस्थामा सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरु सरकार गठनदेखि महत्वपूर्ण पदहरुको भागबण्डाका लागि औपचारिक एवं अनौपचारिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्व गरेका गठबन्धन कसैलाई पनि एकल सरकार बनाउन स्पष्ट बहुमत नआएपछि सम्भावित संख्या पुर्याउने लक्ष्यसहित सत्ता गठबन्धनदलहरु राष्ट्रपतिदेखि राष्ट्रियसभाका अध्यक्षसम्मका पदको भागबण्डा मिलाउने कसरतमा जुटेका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताबीच यतिबेला अनौपचारिक छलफल जारी छ । अनौपचारिक छलफलबाट निस्किएको निष्कर्षलाई गठबन्धनको बैठक ठाकेर औपचारिकता दिने तयारीमा नेताहरु रहेका छन् । प्रमुखदलका मुख्य नेताबीच भइरहेको छलफलमा राष्ट्रपति र सभामुखका विषयमा सहमति भइसकेको छैन् । उपराष्ट्रपति र राष्ट्रियसभाको अध्यक्षमा भने लगभग सहमति जुटेको छ । तर, उपराष्ट्रपति मधेशलाई दिएपनि कुन दलले पाउने भन्ने टुंगो भएको छैन् ।
राष्ट्रियसभाको अध्यक्ष भने सत्ता गठबन्धनको तेस्रो शक्ति नेकपा एकीकृत समाजावदीले पाउने लगभग पक्का जस्तै भएको छ । बुधबार सत्ता गठबन्धनमा रहेका दुइदल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच यसबारे छलफल भएको छ । उनीहरुले बुधबार साँझ प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताइएको छ । दुइ नेताबीच पार्टी एकिकरण गरेर जाने विषयमा पनि छलफल भएको बताइएको छ ।
गठबन्धन दलका एक नेताले नेपाल बहसलाई दिएको जानकारी अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको विषयमा अहिले गहन रुपमा कुरा भएको छैन् । प्रधानमन्त्री र राष्ट्रपतिका विषयमा प्रधानमन्त्री देउवाले पार्टीसँग आन्तरिक छलफलका लागि समय मागेका छन् । देउवाले पाार्टीमा छलफल गरेपछि मात्रै यो विषयले गठबन्धनमा प्रवेश पाउने भएको छ । नेकपा एसले उपराष्ट्रपति चाहेमा मधेशलाई राष्ट्रिय सभा अध्यक्ष दिने र राष्ट्रियसभाको अध्यक्ष नेकपा एसले राखेमा मधेशलाई उपराष्ट्रपति दिने तीनदलबीच छलफल छ ।
ती नेताको भनाइमा सभामुखका लागि कांग्रेस र माओवादी दुबैले उम्मेदवार खडा गर्दैछन् । यो विषय राष्ट्रिपतिसँगसँगै सहमति गरिने भएको छ । सभामुखका लागि नेकपा माओवादीले हालका अर्थमन्त्री जनार्दन शर्मालाई अगाडी ल्याउने तयारी गरेका छ भने कांग्रेसले नुवाकोटबाट प्रतिनिधिसभामा विजयी भएका नेता अर्जुननरसिंह केसीलाई अगाडी सार्ने बुझिएको छ । उपसभामुखका विषयमा कुराकानी चलेको छैन् । सत्ता गठबन्धनबाट नै आगामी कार्यकालका लागि सघै जाने सहमति अनुसार उपसभामुख विपक्षी दललाई छाड्ने विषयमा कुराकानी भइरहेको छ ।
नेपाली कांग्रेसले अन्तिम समयमा आएर उपसभामुख भएकी कांग्रेस नेतृ पुष्पा भूसालाई सभामुख बनाउन पूर्वतयारी गरेको थियो । तर, उनी अर्घाखाँचीबाट प्रतिनिधिसभामा पराजित भएका कारण अर्को उम्मेदवार खजिएको हो । कांग्रेसभित्रै पनि आन्तरिक भागबण्डा मिलाउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले पार्टीभित्र छलफल नभएपनि केसीलाई अगाडी सार्ने तयारी भइरहेको ति नेताले बताएका छन् ।
सत्ता गठबन्धनसँगसँगै पार्टी सभापति देउवाले कांग्रेसको आन्तरिक जिम्मेवारीमा पनि केही हेरफेरको तयारी गरेका छन् । यो तयारी पनि गठबन्धनबाट पाउने भागका आधारमा मात्रै छिनोफानो हुने बताइएको छ । अहिले सत्ता गठबन्धन नेकपा एसको समानुपातिक मतको प्रतिक्षामा रहेको छ । नेकपा एसले थ्रेसहोल्ड कटाएमा गठबन्धनलाई सरकार गठन गर्न आवश्यक संख्या गठबन्धनभित्र बाटै पुग्नेछ । अन्यथा एउटा राम्रो पद दिएर भएपनि समानुपातिक र प्रत्यक्षको सीट संख्या हेरेर सहमति गर्ने गठबन्धनका नेताहरुको तयारी छ ।
बुधबार मध्यान्हसम्ममा एक करोड समानुपातिक मत गन्दा प्रतिनिधिसभातर्फ एमालेले २६ लाख कटाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले साढे २५ लाख मत कटाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएका छन् । यो मतको अन्तिम परिणाम आउन अझै समय लाग्नेछ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपस्थानीय तहमा उपनिर्वाचनको तयारी
साउन २९, २०८१ मंगलबार
इलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार