सल्यानका तत्कालिन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २०:५९:४१
१४ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालिन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुनसहित ६ जनाविरूद्ध मुद्दा दायर गरेकाे छ ।
पुनसहित सब–इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप पत्रसहित मुद्दा दायर गरेको हाे ।
शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष ०७७र०७८ मा सडक निर्माणमा लागत अनुमान विपरित कार्य गरी अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धान गर्दा पुन, सब–इन्जिनियर प्रकाश शाही र सब–इन्जिनियर कुमार बोहराले सडक निर्माणस्थलमा नभएको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई प्रतिवेदन तयार गरेको फेला परेको अख्तियारको भनाइ छ ।
पुन, शाही र बोहराले बदनियतपूर्बक भए गरेको काम लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको आरोप छ । उनीहरूलाई सात लाख चौध हजार ४१ रुपैयाँ बिगो जरिवाना र कानुनअनुसार सजायको मागदाबी गरिएको छ ।
साथै, सुन्दरडाँडा–थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरले फिल्ड भएको वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी गराई कार्य सम्झौता विपरित भुक्तानी लिएको आरोपमा आरोपपत्र दायर गरेको छ । वुढा, कवर र मानदेव कवरबाट सात लाख १४ ७१ रुपैयाँ बिगो जरिवाना र सजायको माग दाबी अख्तियारले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार