सार्वजनिक ऋण व्यवस्थापन कार्यालय स्थापनापछि राष्ट्र बैंकको काम र कमाईमा कटौती
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २१:५१:१०
१४ मंसिर, काठमाडौं । ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ आएपछि राष्ट्र बैंकको काम मात्र नभई कमाई समेत घट्ने देखिएको छ ।किनकि ऐनबमोजिम सरकारले आन्तरिक ऋण लिने जिम्मेवारीका लागि स्थापना गरिएको ‘सार्वजनिक ऋण व्यवस्थापन कार्यालय’ संचालनमा आएपछि यस्तो अवस्था देखिएको हो । अहिलेसम्म सरकारलाई चाहिने आन्तरिक ऋण नेपाल राष्ट्र बैंकले उठाइदिने गरेको थियो ।
सरकारको आग्रहमा राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने र भुक्तानीको व्यवस्था गरिदिने गरेको थियो । यसमा राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले काम गर्दै आएको थियो ।
उक्त विभागले नेपाल सरकारको आन्तरिक ऋण व्यवस्थापन, आन्तरिक ऋण लिन क्यालेन्डर बनाउने, आन्तरिक ऋण उठाउन नीति तर्जुमा गर्ने जस्ता काम गर्ने गरेको थियो । अबदेखि यावत कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने गरी ऐनमा व्यवस्था गरिएको छ ।
यसबापत बापत नेपाल राष्ट्र राष्ट्र बैंकले निश्चित रकम कमिशन लिने गरेकोमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सर्ने भएपछि राष्ट्र बैंकको आम्दानी पनि कम हुने भएको छ । कार्यालयले आउँदो आर्थिक वर्षदेखि नै सरकारको आन्तरिक ऋण व्यवस्थापन गर्न सुरु गर्ने तयारी थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार