निहारिकाको मुद्दामा उच्च अदालत जनकपुरमा सुनुवाइ सुरू
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २२:१२:१०
१४ मंसिर, काठमाडौं । सोनाली कुमारी सिंह राजपुत ‘निहारिका’को मुद्दामा उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासमा बुधबार मुद्दाको सुनुवाइ भइरहेको छ ।
आफूलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको भन्दै निहारिकाले प्रेमी शिवराज श्रेष्ठमाथि धनुषा जिल्ला अदालतमा जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएकी थिइन् । बच्चासमेत जन्मिसकेको अवस्थामा धनुषा जिल्ला अदालतले तत्कालिन समयमा आपसी सहमतिमै यौनसम्बन्ध स्थापित भएको देखिएको र आपसी सहमतिको यौनसम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै प्रतिवादी शिवराज श्रेष्ठलाई सफाई दिएपछि श्रेष्ठ जेलमुक्त भएका थिए । उनले बच्चा आफ्नो जिकिर गर्दै आइरहेका छन् ।
त्यसबेला अदालतले नाता कायमका लागि अर्कै कानुनी प्रक्रियामा जानसमेत आदेश दिएको थियो । पछि जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउँदै निहारिकाले काठमाडौंमा अनसन समेत बसी ‘न्याय’को माग गरेकी थिइन् । उनले आफूमाथि अन्याय भएको भन्दै राष्ट्रपति कार्यालय शितलनिवास अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । त्यसपछि सरकारसँग वार्ता गरी प्रतिवादी शिवराज श्रेष्ठ र निहारिकाबाट जन्म भएको बालकको डिएनए टेष्ट गराउन सहमति गरिएको थियो ।
निहारिकाको अनसनताका नै सरकारी वकिल कार्यालय मुद्दा पुनरावेदनका लागि उच्च अदालत जनकपुरमा पुगिसकेको थियो ।
सरकारी वकिलले उच्च अदालत जनकपुरमा प्रतिवादी र बालकको डीएनए म्याच गराउन राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाउँदा डीएनए म्याचिङ अर्थात मिलेको थियो । डीएनए मिलेपछि आज नाता कायम सम्बन्धमा उच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइ जारी छ । बहस सकिए आजै फैसला आउने संभावना प्रवल रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार