भगवतीको विजय जुलुसमा गच्छदारका कार्यकर्ताद्वारा ढुंगामुढा
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २२:३९:३
१४ मंसिर इटहरी । सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रामा विराम लगाएकी एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि दुहबीमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।
विजय जुलुसमा ढुंगामुढा प्रहार गरेपछि त्यहाँ दुवै पक्षबीच झडप भएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयी जुलुसको क्रममा वादविवाद भएपनि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको बताए । अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए ।
यादवले दुहबीमा अहिले कुनै तनाव नभएको र स्थिति नियन्त्रणमा आइसकेको बताउँदै भने, ‘विजय जुलुसको क्रममा आफ्नो घर अगाडि आएर चर्को साउण्डमा डीजे बजाउनुका साथै हुलहुज्जत गरेको कांग्रेस पक्षको आरोप छ । तर एमाले पक्षले हामी सभ्य तरिकाले आफ्नो मर्यादामा रहेर विजय जुलुस मनाउने क्रममा ढुँगामुढा गरेका हुन् भनेका छन् । अहिले सामान्य भइसक्यो ।’
स्थानीयवासीसँग समन्वय गरेर स्थिति नियन्त्रणमा लिनुका साथै अब पुनः कुनै अप्रिय घटना हुन नदिन जिल्ला तहको नेतासँग समन्वय गरिरहेको प्रजिअ यादवले बताए । सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार