दाङका तत्कालिन प्रमुख डिभिजन इन्जिनियर पाण्डेविरूद्ध अख्तियारकाे मुद्दा
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २३:५४:५१
१४ मंसिर, काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डे, इन्जिनियर, निर्माण समितिका अध्यक्षसमेत ६ जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध सल्यानको त्रिवेणी गाउँपालिका–१ मा रहेको रिखेबगर-गैरीकटेरी-बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफूअनुकुल इष्टिमेट परिवर्तन गरी सडक निर्माणको रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।
निवेदनमाथि अनुसन्धान हुँदा डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर पाण्डे¸ तत्कालिन इन्जिनियर सन्तोषकुमार यादव¸ तत्कालिन सबइन्जिनियर नारायण ओलीसमेतले सडक निर्माण उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरित भेरिएसन स्वीकृत नगरी बदनियतपूर्वक जथाभावी निर्माण गरेको फेला परेको हो ।
आफूखुसी मूल्याङ्कन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात डिजाइन विपरित उपभोक्ता समितिलाई ४३ लाख २२ हजार एक सय ५५ रुपैयाँ बढी भुक्तानी दिई सरकारलाई हानिनोक्सानी पुर्याईको पाइएको अख्तियारले जनाएको छ । उनीहरूबाट बिगो ४३ लाख २२ हजार एक सय ५५ रुपैयाँ बिगोबमोजिम जरिमान र सजायको अख्तियारले माग गरेको छ ।
साथै, रिखेबगर, गैरीकटेरी, बाघमारे दाङ्ग सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री, सचिव लालबहादुर केसी समेतले सम्झौताविपरित काम गरेको र आवश्यकताभन्दा बढी भुक्तानी दिएको आरोपमा मुद्दा दायर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार