कर्णालीमा चर्चामा आउन उठे झन्डै दुई दर्जन उम्मेदवार तर कटेन १०० भोट
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बिहिबार ०:३०:१२
♦ हेमन्त केसी
१४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा १०० भोट नकटाउने उम्मेदवार झन्डै दुई दर्जन रहेको पाइएको छ । प्रदेशभरिबाट १९० उम्मेदवारमध्ये २२ जनाले १०० भोट पनि नकटाउँदा जमानतसमेत जफत भएको छ । नेपाल मजदुर किसान पार्टी ‘नेमकिपाका’ धेरैजसो उम्मेदवारले १०० भोट नकटाएका हुन् । प्रतिनिधिसभातर्फ ७४ मध्ये १० जना उम्मेदवारले १०० सय कटाएनन् ।
सुर्खेत १ मा नेमकिपाका प्रेमकुमार थापाले ५९ मत, राप्रपा नेपालका जीवन चन्दले ३२ मत, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगर ‘कुखुराको भाले’ ले २९ मत प्राप्त गरेका छन् । सुर्खेत २ मा प्रतिनिधिसभातर्फ नेश्नलिष्ट पिपुल्स पार्टी ‘लाटोकोसेरो’ का कुमारी राईले ५० मत, दैलेख १ मा उम्मेदवारी दिएका कांग्रेस बीपीका भुपालबहादुर थापाले ६६ मत प्राप्त गरे ।
कालिकोटबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार स्वतन्त्र उम्मेदवार ‘सूर्यमुखी’ धनप्रसाद पाण्डेले ८२ मत, मुगुमा स्वतन्त्र उम्मेदवार दिएका ‘जोडी चप्पल’ उम्मेदवार कृष्णबहादुर सेजुवालले ६७ र स्वतन्त्र ‘पुतली’ उम्मेदवार भीमचन्द्र हमालले ३८ मत पाएका छन् । डोल्पामा स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकाय ‘खरायो’ ले जम्मा १० तथा नेकपा मार्क्सवादी ‘पुष्पलाल’ पार्टीका हर्कबहादुर ठकुल्लाले ५३ मत प्राप्त गरेका छन् ।
यस्तै ११६ प्रदेश सभा सदस्य पदका उम्मेदवारमध्ये १२ जनाले १०० मत पनि कटाउन सकेका छैनन् । सुर्खेत १ ‘क’ बाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका गंगे कामीले ४९ मत, राप्रपा नेपालका लालबहादुर गुरुङले ४७ र नेमकिपाका पुष्पराज रानाले २३ मत पाए । सुर्खेतकै १ ‘ख’ मा नेमकिपाका मनकली रामजालीले ६३, स्वतन्त्र उम्मेदवार ‘जेब्रा’ देवबहादुर चन्दले नौ मत पाए ।
निर्वाचन आयोगको तथ्यांकअनुसार यस्तै हुम्ला ‘ख’ मा राप्रपाका नैनबहादुर रावतले ९८ तथा जनता समाजवादी पार्टी नेपालका बलीराज शाहीले ४१ र राप्रपा नेपालका सुमन रावतले पनि २१ मत पाए । १०० भोट नपाउनेको सूचीमा मुगु ‘ख’ मा स्वतन्त्र उम्मेदवार जग बहादुर धामी पनि छन् ।
उनले १५ मत पाएका छन् । सुर्खेत २ ‘क’ मा राप्रपा नेपालका मानबहादुर गाइन र नेपाल लोकतन्त्र पार्टीका पूर्णबहादुर सुनारको पनि १०० मत कटाउन सकेकन् । उनीहरूले २२ मत प्राप्त गरे भने २९ख०मा नेमकिपाका गगन कामीले ९४ वटा मात्रै भोट पाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार