नेपालगञ्जमा जुवा खेल्न आउने भारतीय जुवाडेलाई २४ सै घन्टा सीमा खुल्ला !
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार १८:४३:५८
♦ दीपक शर्मा
१५ मंसिर, बाँके । भारतबाट नेपालगञ्जका स्टार होटलमा जुवा खेल्न आउने भारतीय ग्राहकका लागि नेपालको तर्फबाटै २४ सै घन्टा सीमा खुल्ला राख्ने गरेको पाइएको छ । बाँकेको नेपालगञ्जमा सुविधा सम्पन क्यासिनोमा जुवा खेल्न आउने भारतीय व्यापारी तथा नागरिकहरुले प्रयोग गर्ने चारपांग्रे सवारी साधन रातभर नेपाल भारत ओहोरदोहाेर गर्ने गर्दछन् ।
नियम अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म नेपालका सवारीसाधन भारतका सीमा क्षेत्रका शहरसम्म जान पाउने र भारतीय सवारी साधन नेपाली भन्सारमा भन्सारको भाषा अनुसार पैठारीका लागी तिर्नुपर्ने राजश्व बुझाएपछि नेपाल आउन पाउँछन र ती साधनले राजश्व तिरेको समयदेखि राति १० बजेसम्म नेपाल छोडिसक्न पर्छ तर नेपालगञ्ञ भन्सार कार्यालयले भने बाँके प्रहरीको मिलेमतोमा रातिको समयमा जुवा खेल्न आउने भारतीय जुवाडेहरुलाई सुविधाका लागि राजश्व पनि नकाटने गरेको पाइएको छ ।
बेलुकी पख रमाउन र जुवा खेल्नका लागि नेपालगञ्जमा भारतीय जुवाडेहरु रुपैडिहा, नानपारा ,बहराइच, लखिमपुर तथा लखनउबाट समेत आउने गरेका छन । उनीहरु प्रायः जसो बेलुकी ७ देखि ९ बजेसम्म नेपालगञ्ज आइपुग्ने क्यासिनोमा रमाइलो गर्ने र जुवा खेल्ने गरेको एक क्यासिनो संचालनकले नाम नछापिदिने शर्तमा बताए । यसरी आएका भारतीय जुवाडेहरु राति १ वा २ बजेतिर प्रहरीले नै सीमा क्षेत्रसम्म स्कटिङ गरी सीमापार गराउने गर्दछ ।
यसरी रातिको समयमा भारत जान नपाइने व्यवस्था भएपनि भन्सार कार्यालयले प्रहरी तथा क्यासिनो संचालकसँग अघोषित रुपमा मौखिक सहमति गरी प्रहरी र भन्सार कार्यालयका प्रमुखले असुल्ने धन्दालाई उचाईमा पुर्याएको बताइएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयमा भदौ महिनामा हाजिर भई काम सम्हालेका नरबहादुर थापाले विहान ६ बजेदेखि राती १० बजेसम्म भारतीय नव्बर प्लेटका गाडीहरु ओहाेरदोहाेर गर्न पाउने राति १० बजे पछि नपाइने भएको हुँदा भारतका व्यापारी तथा अन्य नागरिक क्यासिनो आएको जुवा खेलेको र राति जुन समय भयो त्यही समयमा प्रहरीसँग मिलेर क्यासिनोसँग कमिसन खाएर भारतीय सवारी साधनलाई सीमा पार नगराइएको दावी गरे । कुनै अप्ठेरो परेको खन्डमा जान भने दिइएको उनले बताए । यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तिले कही कतै यो हल्ला सुनेपनि आफुहरुकोमा सुचना नआएको हुँदा यस विषयमा आफुहरु चनाखो भएको बताए ।
प्रहरी र भन्सार कार्यालयको यो भोलापनको खोल ओढेपनि वास्तविकता भने अर्कै देखिएको हो । सीमा क्षेत्रका शहरमा आउनका लागि भन्सार प्रमुख , प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकले माथिबाट भागबन्डा गरी त्यसलाई असुल्नका लागि आउने गर्दछन । आम नागरिकले नेपालगञ्जमा उपचार सम्भव नभएपछि भारत लैजानुपर्ने विरामीलाई रातिको समयमा लैजादा समेत भन्सार कार्यालय तथा प्रहरीले अनावश्यक तनाव दिने गरेको पीडितहरुको गुनासो ताजै रहेको अवस्थामा यसरी असुली धन्दालाई प्राथमिकता दिंदै गरिएको यो खालको क्रियाकलापले देशको सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार