प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन कानुन संशोधनको तयारी
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २०:४५:१३
१५ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधिलाई हटाउन कानुन संशोधनको तयारी गरिएको छ । नयाँ सरकार नबन्दै नेपाल प्रहरीमा कानुन संशोधन गरेर ३० वर्षे सेवा अवधि हटाउन लागिएको हो । ‘नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयका अधिकारीहरुले कानुन संशोधनको तयारी गरेका छन्, माथिको आदेश भन्दै गृहसचिव विनोदप्रकाश सिंहले कानुन शाखालाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन्’, गृह मन्त्रालयका उच्च अधिकारीले भने । यदि प्रहरी नियमावली संशोधन भएमा हालका आईजीपी धीरजप्रताप सिंहको अवधि पनि थपिनेछ ।
नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने विषयमा बुधबार अपरान्ह ललितपुरस्थित शेरबहादुर देउवाको नातेदारको घरमा छलफल भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले आफ्नै भाई भूषण राणाको घरमा नेपाल प्रहरीका आईजीपी सिंहलाई बोलाएर नियमावली संशोधन गरेर भएपनि ३० वर्षे सेवा अवधि हटाउने बारेमा छलफल गरेकी थिइन ।
आरजु राणाले गृहसचिवलाई प्रधानमन्त्रीको आदेश भन्दै नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनका लागि नियमाली संशोधन गर्न निर्देशन दिएको स्रोतको दावी छ । प्रहरीमा ३० वर्षे सेवा अवधि लागू भएदेखि नै सरकारले ठूलो नोक्सानी बेहोर्दै आएको जनाउदै यसअघिका प्रहरी आईजीपीहरुले सेवा अवधि हटाउने कोशिश गरेका थिए । तर सकेका थिएनन् । ५८ वर्षसम्म सहजै काम गर्न सक्ने प्रहरी अधिकारीलाई ३० वर्षे सेवा अवधिका आधारमा ४८ वर्षमै अवकाश दिँदा पेन्सनका नाममा राज्यलाई ठूलो आर्थिक भार पर्दै आएको प्रहरी अधिकारीहरुको दावी छ ।
नेपाल प्रहरीका केही अधिकारीहरुले ३० वर्षे प्रावधान हटाउने कोशिश गरिरहेका थिए । प्रधानमन्त्री पत्नी आरजु राणाले गत असोजमा पनि ३० वर्षे सेवा अवधि हटाउन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवलाई निर्देशन दिएकी थिइन । तर त्यतिबेला रविन्द्र धानुकलाई देखाएर रोकिएको थियो । माओवादी कोटामा एआईजी भएका धानुकको अवकाशपछि मात्रै हटाउने भन्दै रोकिएको थियो । स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आरजु देउवा र प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले हस्तक्षेप गर्दै आएका छन् । प्रहरीको सेवा अवधि हटाउने विषय पनि राणाले दबाब दिएकी हुन् ।
अहिले सेवा अवधि हटाएपछि आरजु राणाले डीआईजी अशोक सिंहलाई पहिलो नम्बरमा एआइजी बढुवा गर्नपनि दबाब दिएकी छिन् । प्रहरीमा ३० वर्षे सेवा अवधि हटेमा वर्तमान आईजीपी सिंहको अनिवार्य अवकाश हुने छैन । उनले अरु दुई वर्ष सेवामा रहन पाउनेछन् । उनीसँगै अवकाशमा जाने एआईजीहरुको पनि सेवा अवधि थपिनेछ । सेवा अवधि थपिने भएमा अहिलेका डीआईजी दीपक थापा लगायतका प्रहरी अधिकारीहरु पनि दंग परेका छन् । लामो समयदेखि नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन पर्छ भन्दै लविङ गर्दै आएका डीआईजी थापा एआईजी बढुवाको लाइनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार