प्रहरीमा एक डीआईजी र विभिन्न दर्जामा दरबन्दी थप्न प्रस्ताव
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार १७:५९:५४
१५ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा एक प्रहरी नायव महानिरीक्षक (डीआइजी)सहित विभिन्न दर्जामा गरी दुई हजार ६ सय दरबन्दी थप गर्ने प्रस्ताव अगाडि सारिएको छ । प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावलाई गृह मन्त्रालयमा पठाइएको छ ।
प्रस्तावमा एकजना डीआईजी, २ जना वरिष्ठ उपरीक्षक (एसएसपी), ७ जना उपरीक्षक (एसपी) र २५ जना नायव उपरीक्षक (डीएसपी)को दरबन्दी थप्न प्रस्ताव गरिएको छ । मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिएर दरबरन्दी थप्ने प्रस्ताव पठाइएकोमा प्रस्ताव गृहले निर्णय लिएको छैन ।
अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएसँगै पोखरा विमानस्थलमा प्रहरी वरिष्ठ उपरीक्षक राख्नुपर्ने प्रस्ताव गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको छ । प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीआईजी राख्नु पनि प्रस्ताव गरिएको छ ।
दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयकाे सहमति लिएर मात्रै उक्त प्रस्ताव कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।अहिले गृह मन्त्रालयले दरबन्दी थप्ने उक्त प्रस्ताव रोकेर ४ जनालाई एआईजीमा बढुवा गर्ने तयारी गरेको स्राेतले जनायाे ।
गृह सचिव विनोद प्रकाश सिंहकाे शब्दमा नयाँ टिमबाट अशाेक सिंहलाई बढुवाका लागि लविङ शुरू भएकाे छ । सिंह २०७९ असारमा डीआईजीमा बढुवा भएका थिए । डीआईजी सिंह सचिव सिंहका नाताभित्रका पर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार