बाजुरामा मतगणना सुरू हुँदै
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २०:७:८
१५ मंसिर, काठमाडौं । बाजुरामा प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना साढे ३ बजेदेखि हुने भएको छ । बुधबार दिउँसो बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
यही मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा (एमाले)का उम्मेदवारबीच मतदानका क्रममा बुढीनन्दा नगरपालिका–५ स्थित एक मतदान केन्द्रमा मांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा स्थगित भएकोमा मंसिर १० मा पुनः मतदान भएको थियो । झडपमा एक जनाकाे ज्यान समेत गएकाे थियाे । पुनः मतदानपछि पनि दुई मुख्य दलबीच बुथ कब्जाको आरोप–प्रत्यारोप चलेपछि मतगणना हुन सकेको थिए ।
त्यसपछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा जाँचबुझ टोली पठाएर स्थलगत जाँचबुझबाट तयार पारिएको प्रतिवेदनमाथि छलफलपछि बुधबार मात्र आयोगले पुन: मतदानको साटो मतगणना गर्ने निर्णय लिएपछि मतगणनाको प्रक्रिया शुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बुधबार साँझ बाेलाएकाे बैठकमा एमाले सहभागी नभएपछि बैठक स्थगित भएकाे थियाे । कार्यालयकाे अनुराेधमा पुन: बिहीबार बिहान ११ बजे बाेलाएकाे सर्वदलीय बैठकपछि दिउँसाे ३:३० बजेबाट मतगणना सुरू गर्ने निर्णय भएकाे कार्याललयले जनाएकाे छ ।
बाजुरामा सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका बद्रि पाण्डे र एमालेबाट कर्णबहादुर थापाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यही प्रकृति विवादका कारण स्याङजा २ मा पनि मतगणना रोकिएको आयोगको बुधबारको निर्देशनपछि बुधबार रातिबाटै यहाँ मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका धनराज गुरुङले एमालेकी पदमा अर्यालभन्दा १७०० मतसहित अगाडि छन् । यहाँको प्रदेश ‘क’मा नेपाली कांग्रेसकै उम्मेदवार भोजराज आर्यल एमालेका मोहन रेग्मीभन्दा १३०० मतले अगाडि छन् । मतगणना जारी छ ।
दाेलखामा मतगणना हुन सकेकाे छैन । यहाँ निर्वाचन आयोगकै निर्देशनअनुसार जिल्लाका मतदान केन्द्रमध्ये आज १० वटा मतदान केन्द्रमा मतदान भइरहेकाे छ । मतदान सम्पन्नपछि मात्र सर्वदलीय बैठक राखेर मतगणना गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार