संसदीय निर्वाचनमा नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २१:३२:३६
१५ मंसिर, काठमाडौं । यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका तीनजना पूर्वअध्यक्षले चुनाव हारेका छन् । निर्वाचनमा पराजित हुनेमा बलबहादुर केसी, बालकृष्ण खाण र गुरुराज घिमिरे छन् । घिमिरे मोरङबाट प्रदेश सभा सदस्यमा उठेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित भए ।
केसी सोलुखुम्बुबाट पराजित भएका हुन् । उनलाई एमाले उम्मेदवारले हराएका छन् । सोलुखुम्बुमा एमालेले २५ वर्षपति सफलता पाएको हो । बहालवाला गृहमन्त्री खाण रुपन्देही ३ बाट पराजित भए । उनलाई एमालेको समर्थनमा राप्रपाका उम्मेदवार दीपक बोहराले पराजित गरे । खाण नेविसंघका साथै तरुण दलका पूर्वअध्यक्ष पनि हुन् । पार्टीमा बलियो पकड भएका खाणको हारलाई कांग्रेसमा अनपेक्षित भनिएको छ ।
नेविसंघका ६ पूर्वअध्यक्षले भने चुनाव जितेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संघको पूर्वअध्यक्ष हुन् । देउवासँगै ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, प्रदीप पौडेलले चुनाव जितेका छन् । देउवा डडेल्धुरा, कार्की सुनसरी ४, साउन कञ्चनपुर २, शर्मा झापा १, राठौर बाँके ३ र पौडेल काठमाडौं ५ बाट निर्वाचित भएका छन् ।
नेविसंघ र तरुण दलका पूर्वअध्यक्ष धनराज गुरुङ सम्भावित प्रतिनिधिसभा सदस्य हुन् । उनी उम्मेदवार बनेको स्याङ्जा २ मा मतगणना जारी छ । उनले एमालेकी सचिव पद्मा अर्याललाई १५ सय मतले पछाडि पारेका छन् ।
संघकै पूर्वअध्यक्ष विमलेन्द्र निधि पनि सांसद हुने भएका छन् । अघिल्लो निर्वाचनमा धनुषा ३ मा राजेन्द्र महतोसँग पराजित भएका निधि यसपटक समानुपातिक सूचीमा बसेका छन् । कांग्रेसबाट प्रत्यक्षतर्फ महिला एकजना मात्र निर्वाचित भएकाले ३३ प्रतिशत पुर्याउनै पर्ने बाध्यता भएकाले निधि बडो मुस्किलले सांसद हुने सूचीमा छन् । कांग्रेसले ३२ सिट समानुपातिकबाट पाएमा २७ जना महिलालाई सांसद बनाउनुपर्ने अवस्था छ ।
नेविसंघका पूर्वमहामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । अर्का महामन्त्री कुन्दनराज काफ्ले दोलखा ९क० बाट उम्मेदवार बनेका छन् । उनको क्षेत्रमा आज मतदान भइरहेको छ । संघका अर्का महामन्त्री रामकृष्ण चित्रकार ललितपुर २ ९क० बाट निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार