बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २१:३९:२८
१५ मंसिर, भैरहवा । रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाई आन्दोलित बनेका हुन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको थियो । १५ वैशाख ०७७ बाट निमावि तहको राहततर्फका शिक्षक इलियास खान प्रधानाध्यापक भई जिम्मेवारी सम्हाल्दै आएका थिए ।
विद्यालयका प्रावि तहका शिक्षक सन्जयकुमार धवल गत १५ भदौमा सरुवा भई अन्यत्र गएपछि सरुवा भई १३ भदौमा आएका प्रावि तहका स्थायी शिक्षक अब्दुल रहमान खानलाई नै प्रअको जिम्मेवरी दिएको थाहा पाएपछि विद्यार्थीहरूले पुरानै शिक्षक प्रअ हुनुपर्ने माग गर्दै मुख्य गेटमा ताला लगाएका हुन् ।
विद्यालयको विकासमा धेरै योगदान गरेको र शैक्षिक सुधार भएको भन्दै पहिलाको प्रअलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय सवित्री गुरुङले बताइन् । अर्का अभिभावक बासुदेव आचार्यले शिक्षा जस्तो संवेदनशील ठाउँमा भ्रष्टाचार गर्ने जोकोहीलाई निस्कासित गर्नुपर्ने, बालअधिकारको हनन गर्ने र परीक्षाको मुखमा आएर गलत व्यक्तिलाई जिम्मेवारी दिन लागेको भन्दै यथाशीघ्र सच्चयाउनुपर्ने बताए ।
जिम्मेवारी दिन लागेका शिक्षकले अभिभावकहरूलाई आफ्नो बच्चा विद्यालयबाट लैजान, अनाहकमा विद्यार्थीलाई यातना दिने गरेको फुलमति हरिजनले बताइन् । अरु विद्यालयमा उनले गरेको गतिविधिका कारण त्यस्तो व्यक्तिबाट अध्ययन गराउन नहुने उनको तर्क छ ।
अभिभावक र विद्यार्थीहरुले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र क्षेत्रीलाई समेत अनियमितता गरेको आरोप लगाएका छन् । उनले विद्यालयको सम्पत्ति व्यक्तिगत रूपमा प्रयोग गरेका छन् । विद्यालयमा हाँस, कुकुर पालेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रीले आफूले भन्दा पनि नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले प्रअको जिम्मेवारी दिएको बताए । आफूले कुनै अनियमिततता नगरेको बताउँदै उनले सावित भए कारबाही भोग्न तयार रहेको उनको भनाइ छ । सिद्धार्थनगर नगरपलिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साललाई यस विषयमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार