चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १६:३३:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/IPO_3O91kpewwE.webp)
१६ मंसिर, काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण शेयर ‘आईपीओ’ निष्काशन गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
पुस ९ गते कम्पनीको १३औं वार्षिक साधारणसभा बोलाइएको छ । उक्त साधारणसभाले समितिको प्रस्ताव पारित गरेपछि आईपीओको प्रक्रियामा जाने कम्पनीले जानकारी दिएको छ ।
चम्पावती हाइड्रो पावरले गोर्खाको थालाजुङ र केराबारी र लमजुङको भलायखर्क र कोल्कीमा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा ७ मेगावाट जलविद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । थालाजुङ र केराबारी आसपास चेपे खोलामा सात मेगावाट विद्युत उत्पादन गर्न चम्पावती हाइड्रोपावर प्रालिले अनुमति लिएर काम गरिरहेको छ । कम्पनीको अध्यक्षमा डा। हरिराम पराजुली छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार ३० अंकले बढ्यो बजारः १० अर्बका शेयर खरिदबिक्री, २७२७ मा उक्लियो नेप्से
फागुन ५, २०८१ सोमबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार