मुचुल्काबमाेजिम मतपत्र नहुँदा बाजुराकाे मतगणनामा विवाद
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १७:९:३५
१६ मंसिर, बाजुरा । मतदान भएको १२औँ दिनमा थालिएको बाजुराको मतगणनामा विवाद भएकाे छ । यसबाट अहिले मतगणना रोकिएको छ । बिहीबार साँझबाट थालिएको मतगणना शुक्रबार पुनः मुचुल्काभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको गणना रोकिएको हो ।
हिमाली गाउँपालिका-६ धिमस्थित मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी ४० मत देखिएपछि गणना रोकिएको हो ।
मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनकाे साझा उम्मेदवार कांग्रेस बद्री पाण्डेले ५ हजार ४ सय १९ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मतसहित पछ्याइरहेका छन् ।
बाजुरामा कुल मतदात ८३ हजार ५ सय ६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार