कांग्रेसको समानुपातिक सीटमा महाभारत, प्रवक्ता महतसहितका नेता आउट हुने संकेत
केदार भट्टराई (काका)
मंसिर १६, २०७९ शुक्रबार १८:३५:९
१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसबाट सांसद बन्न समानुपातिकतर्फको सुरक्षित सीटमा बसेका नेताहरुबीच निकै ठूलो घम्साघम्सी सुरु भएको छ । समानुपातिक कलष्टरको पहिलो नम्बरमा बसेकाहरुले नै सीट नपाउने अवस्था आएपछि विषेशगरी पुरुष नेताहरुबीच को पर्ने भन्ने हानाथाप सुरु भएको हाे । समानुपातिकतर्फ मत परिणाम अनुसार कांग्रेसबाट बढीमा ४ जनाले मात्रै समानुपातिकमा स्थान पाउने देखिएको छ ।
समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाउने दलहरुको मत विभाजन भएमात्र कांग्रेसबाट ४ जना पुरुषले स्थान पाउने छन् । नत्र ३ जनाभन्दा बढी पुरुषलाई सांसद बनाउने सकिने अवस्था देखिएको छैन् । संविधानमा संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य गरिएका कारण कांग्रेसले अपुग महिला संख्या समाानुपातिकबाट पुर्याउनुपर्ने छ । प्रत्यक्षमा कांग्रेसले एक सीट मात्रै महिला जितेको छ ।
कांग्रेसबाट प्रत्क्षयमा नगएर समानुपातिकको सुरक्षित सीटमा बसेकाहरु मध्ये पहिलो नम्बरमा गोपालमान श्रेष्ठ छन् । उनी आदीवासी जनजाती कलष्टरको पहिलो नम्बरमा छन् । बाँकी नेताहरु उनको पछाडि छन् । यस्तै खसआर्य कोटबाट प्रार्टी प्रवक्ता डा. प्रकाशशरण महत पहिलो नम्बरमा छन् । कलष्टर अनुसार पिछडिएको क्षेत्रबाट जयपति रोकाया, मधेशीबाट विमलेन्द्र निधि, मुस्लिमबाट फरमुल्लाह मन्सुर, दलितबाट सहमहामन्त्री जीवन परियार र थारु कोटाबाट योगेन्द्र चौधरी पहिलो नम्बर बसेका छन् ।
महिला संख्या पुर्याउनुका लागि कलष्टरमा रहेका ७ पुरुषमध्ये ४ जना यसबाट बाहिरिने भएका छन् । कलष्टर नै कटाउनुपर्ने अवस्था आउँदा पहिलो नम्बरमा खसआर्यको काटिने छ । यसमा प्रवक्ता प्रकाशशरण महत पर्ने छ । यसमा पनि पहिले सांसद भइसकेका र विभिन्न पदसमेत लिएकाहरुलाई अन्य कलष्टरबाट फालिने भएको छ । जसमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि फरमुल्लाह मन्सुरले पनि यसअघि लाभका पद लिइसकेका छन् । नयाँलाई स्थान दिन उनीहरुलाई बन्दसूचीबाट हटाउनुपर्ने हुन्छ ।
महिला कलष्टरबाट पनि धरै जना फालिने देखिएको छ । यसतर्फ सात कलष्टरमध्ये एकबाट चार जना महिला पर्ने सम्भावना छ ।महिलातर्फको आदिवासी जनजाती कोटामा सरस्वती बजिमय पहिलो नम्बरमा रहेकी छन् । उनीपछि लीलादेवी (बोखिम) लिम्बुदेखि कुसुम थापामगरसम्मको नाम समावेश गरिएको छ । दलिततर्फ शान्ति विक र रुपा विक पहिलो र दोस्रो स्थानमा रहेका छन् । उनीहरुभन्दा पछाडि सीता परियार,आशा विक र विष्णुकुकारी परियार लगायतका छन् । यिनीहरुमध्येबाट बढीमा चार जनाले स्थान पाउने छ ।
नेपाली कांग्रेसको महिला मधेशी कोटातर्फ पहिलो नम्बरमा नागिना यादव रहेकी छन् । यस्तै मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगिता मंडल, मिनाक्षी झा, निनुकुमारी कर्ण, हिरादेवी दास लगायतकाको नाम राखिएको छ । यो कलष्टरबाट पनि तीनदेखि चार जनासम्म पर्न सक्ने देखिएको छ । मुस्लिमतर्फ जविदा खातुन, देवकला सुवेदी (कमाल) लगायत छन भने थारु कोटातर्फ गौलाई चौधरी,लक्ष्मी मानिया देवी, कौसिला चौधरी लगयत रहेका छन् । यस्तै पिछडिएको क्षेत्रबाट कान्तिका सेजुवाल, मैना रावल कार्की लगायतको नाम अगाडि राखिएको छ ।
कांग्रेसको खसआर्य महिलातर्फ पनि निकै घम्साघम्सी नै पर्ने अवस्था देखिएको छ । सबै कलष्टरलाई बराबरी गर्ने हो भने खसआर्यबाट बढीमा चारजना महिला मात्रै पर्नेछन् । खस आर्यको पहिलो नम्बरमा अम्बिका बस्नेत रहेकी छन् । उनीपछि सरिता प्रसाई,आरजु राणा देउवा, इश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल लगयत रहेका छन् । खस अर्य महिलातर्फ आरजु राणा प्रधानमन्त्री पत्नी हुन भने मञ्जु गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती हुन् ।
यसकारण यो पटक कांग्रेसको समानुपातिक वितरणमा निकै विवाद आउने देखिएको छ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छ भने राष्ट्रियसभा ५९ सदस्यीय छ । संघीय संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्नका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने हरेक राजनीतिक दलले एक तिहाई महिला पठाउनै पर्ने बाध्यकारी प्रावधान छ । संविधानको धारा ८४ को उपधारा ८ मा भनिएको छ, ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको एक तिहाइ महिलाको सहभागिता अनिवार्य छ ।’
राष्ट्रियसभामा अहिले कांग्रेसका सांसद छन् । जसमा महिला सांसद ३ जना रहेका छन् । राष्ट्रियसभामा हिसाब गर्दा कांग्रेसबाट महिला सांसदको संख्या ३० प्रतिशत पुग्छ । तर, प्रतिनिधिसभामा अहिलेसम्म कांग्रेसले जितेका ५५ जनामध्ये १ जना मात्र महिला छन् । यसपटक कांग्रेसले चार जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । अर्घाखाँचीबाट पुष्पा भुसाल, मकवानपुर–१ बाट डिना उपाध्याय, मोरङ २ बाट सुजाता कोइराला र तेह्रथुमबाट सीता गुरूङलाई उम्मेदवार बनाएको थियो । यीमध्ये सीता गुरूङ मात्रै निर्वाचित भएकी छन् ।
बाजुरा र स्याङ्जा २ मा मतगणना जारी छ । त्यहाँ कांग्रेसका उम्मेदवार निर्वाचित भएको परिस्थितिमा प्रत्यक्षमा कांग्रेसको ५७ सीट पुग्ने छ । समानुपातिक निर्वाचन प्रणालीमा हालसम्म कांग्रेसले २६ लाख ४४ हजार ८ सय ३१ मत ल्याएको छ । यो मतबाट कांग्रेसले समानुपातिकतर्फ ३२ सीट प्राप्त गर्नसक्छ । अर्को आशा भनेको थ्रेसहोल्ड नकटाएका दलहरुले पाएको मत विभाजन । यसमा पनि नेकपा समाजवादीले थ्रेसहोल्ड कटाउने स्थिति देखिएको छ ।
अहिलेसम्मको परिणाम हेर्दा संघीय संसदमा कांग्रेसका ९७ जना सांसद हुने देखिन्छ । ९७ जनामा ३३ प्रतिशत महिला पुर्याउनका लागि ३३ जना महिला सांसद हुनुपर्छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ १ जना महिला निर्वाचित भएकी छिन् भने राष्ट्रियसभामा तीन जना महिला छन् । कांग्रेसले अब संविधानको व्यवस्थाअनुसार समानुपातिक सूचीमा रहेका २९ जना महिलालाई प्रतिनिधिसभामा पठाउनु पर्नेछ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार